डडेल्धुरामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ हुने, देउवा-प्रचण्डको ग्रिनसिग्नल

डडेल्धुरामा ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ हुने, देउवा-प्रचण्डको ग्रिनसिग्नल

डडेल्धुरा : प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सत्तारूढ दलबीच ‘मैत्रीपूर्ण प्रतिस्पर्धा’ गर्ने सहमती भएको छ । ७ पालिका रहेको डडेलधुरामा भागबण्डामा निकै सहक पैदा भएको थियो ।

साथै बल गरेर भागबण्डा गरिहालेको अवस्थामा दलहरूभित्रै आन्तरिक असन्तुष्टि चरम हुने र त्यसले दुर्घटना निम्त्याउनसक्ने समिक्षा गर्दै दलहरूले मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निष्कर्ष निकालेका छन् । छलफलका क्रममा जिल्ला सभापति भीमबहादुर साउँद नै नगरप्रमुख रहेको परशुराम नगरपालिकाको दाबीमा माओवादी केन्द्र पछाडि हटेको थिएन् ।

यसबाहेक बाँडफाँटका क्रममा पनि ७ पालिकामध्ये माओवादीले ३ र समाजवादीले २ सिटमा दाबी गरेका थिए । जसमा कांग्रेस तयार हुने अवस्था नभएपछि मैत्रीपूर्ण प्रतिस्पर्धा नै गरौं भन्ने तर्फ सहमती जुटेको सभापति साउँदले बताए । ‘पहिलो कुरा त हामीले आपसमै भागबण्डा हुनसक्ने अवस्था देखनौं । दोस्रो गरिहालेपनि पार्टीभित्र चरम असन्तुष्टि हुने देखियो,’ उनले भने,‘यसबाहेक बेग्ला बेग्ला लड्दा पनि जित्ने आधारको दाबी हामी सबैको रह्यो ।

यही कारण गठबन्धन नगर्ने निर्णयमा पुग्यौं ।’ केहीदिन अघि नै यस्तो सहमती भएको उनले बताए । ‘हामीले लिखित सहमती गरेर माथि पठाइसक्यौं,’ उनले भने ।

यसविषयमा गठबन्धनका शीर्ष नेताहरू प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जानकारी समेत गराइसकिएको माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश उपाध्यक्ष मानसिंह मालले बताए । उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि यस विषयमा सल्लाह भएर नै गठबन्धन नगर्ने निर्णय गरिएको हो ।’

डडेलधुरामा कांग्रेसभित्र अधिवेशनदेखि असन्तुष्ट रहेको पूर्व जिल्ला सभापति कर्ण मल्लको समुहले पनि सातवटै स्थानीय तहमा उम्मेदवारी दिने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *