डडेल्धुरामा वडा सचिव पन्त मृत भेटिए

डडेल्धुरामा वडा सचिव पन्त मृत भेटिए

डडेल्धुरा : अमरगढी नगरपालिका–१ का वडासचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा फेला परेका छन्। बैतडीको पाटन नगरपालिका १ घर भएका ५८ वर्षीय पन्त मंगलबार बिहान अमरगढी नगरपालिकाकै स्याउले नजिक खाल्डोमा मृत भेटिएका हुन्।

पन्तको से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले दुर्घटनामा मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए।

नायकका अनुसार पन्तको शव डडेल्धुरा अस्पतालमा लगिएको छ  भने घटनाको अनुसन्धान भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *