सुदूरपश्चिम प्रदेश सरकारको प्रेस स्वतन्त्रताविरुद्ध कानुन

सुदूरपश्चिम प्रदेश सरकारको प्रेस स्वतन्त्रताविरुद्ध कानुन

प्रदेश सरकारले प्रेस स्वतन्त्रताविरुद्ध कानुन बनाउन लागेको भन्दै सुदूरपश्चिमका पत्रकार आन्दोलित भएका छन्।

प्रदेश सभाबाट पारित भएको एफएम, रेडियो र टेलिभिजन प्रशारण सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पुर्ण प्रेस स्वतन्त्रता विरुद्ध रहेको ठहर गर्दै यहाँका पत्रकार आन्दोलित भएका हुन्।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलले प्रमाणीकरण हुन बाँकी रहेको विधेयक पुनः सदनमा फिर्ता ल्याई नसच्याए आन्दोलन गर्ने बताए।

महासंघका अनुसार नौ वटै जिल्लामा विधेयक संशोधनको माग गर्दै प्रशासन कार्यालयमार्फत प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाइने छ।

Leave a Reply