गृहजिल्ला डडेल्धुरामा देउवाले सभापतिमा साउदलाई उम्मेदवार बनाउने

गृहजिल्ला डडेल्धुरामा देउवाले सभापतिमा साउदलाई उम्मेदवार बनाउने

डडेल्धुरा । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा पार्टी सभापतिमा भीमबहादुर साउदलाई अगाडि सार्ने बुढानीलकण्ठमा सहमति भएको छ । आज काँग्रेस सभापति देउवा निवास बूढानीलकण्ठ डडेल्धुराका नेताहरूसँगको छलफलमा डडेल्धुरा जिल्ला सभापतिमा साउदलाई अगाडी सार्न देउवा तयार भएका हुन् ।

सोमबार बुढानीलकण्ठमा भएको छलफलमा देउवा दम्पती र डडेल्धुराका करिब एक दर्जन काँग्रेस नेता कार्यकर्ता सहभागि भएको काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य जनक कलौनीले जानकारी दिए । परशुराम नगरपालिका मेयरसमेत रहेका साउदलाई सभापति बनाउने समझदारी भएको कलौनीले बताए । यसअघि समयमै आफुपक्षका जिल्ला सभापतिको टुंगो लगाउन नसक्दा पराजित हुनुपरेको भन्दै जिल्ला नेताहरुले देउवालाई समयमै उम्मेदवारको टुङगो लगाउन आग्रह गरेका थिए । जिल्ला नेताको आग्रहपछि देउवाले जिल्ला सभापतिमा साउदलाई अगाडी सारेका हुन् ।

यसअघि साउदसँगै पूर्वसभापति रघुवर भट्ट, प्रदेश सांसद गोविन्द बोहोरालगायतका झण्डै आधादर्जन नेता जिल्ला सभापतिको आकांक्षी रहेका थिए । सभापतिमा ट्ंगो लागेसंगै काठमाडौं गएका काँग्रेस डडल्धुराका नेताहरु अब जिल्ला फर्किने नेता कलौनी बताए । १३ औं अधिवेशनमा देउवाले रघुवर भट्टलाई अगाडि सारेका थिए । तर त्यबेला काँग्रेस डडल्धुराका नेता कर्ण मल्लले भट्टलाई पराजित गरेका थिए । वर्तमान सभापति मल्ल देउवाविरुद्ध मोर्चाबन्दीमा पार्टी भित्रको अर्को पक्षसँग उभिएको बुढानीलकण्ठको बुझाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *