भागरथी भट्टका परिवारलाई आर्थिक सहयोग

भागरथी भट्टका परिवारलाई आर्थिक सहयोग

स्वर्गीय भागरथी भट्टका परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपालीज एसोसिएसन अफ भिक्टोेरिया(न्याभ), गैरआवशीय नेपाली संघ अस्ट्रेलिया र सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाको सहकार्यमा संकलन भएको २ लाख ७० हजार ८ सय ४० रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।

च्यारिटी क्रिकेट म्याच २०२१ को आयोजना गर्दै सहभागीले दिएको रकम स्वर्गीय भट्टका परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ । उक्त म्याच ३ वर्षदेखि हुँदै आएको न्याभका उपाध्यक्ष तथा च्यारिटी म्याचका संयोजक प्रेमराज उप्रेतीले बताए । शनिबार सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टमार्फत भट्टका परिवारलाई रकम हस्तान्तरण गरिएको हो ।

विकासमा सृजनशिलता नेपाल सिआईडी नामक संस्थाको सहकार्य र समन्वयमा उक्त रकम पिडित परिवारलाई हस्तान्त्रण गरिएको थियो । सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको रकम हस्तान्त्रण कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष डिल्ली भट्टले गरेका थिए ।
नेपालिज असोसिएसन अफ भिक्टोरिया (न्याभ), गैरआवाशीय नेपाली संघ अस्ट्रेलिया र सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाको सहकार्यमा स्वर्गीय भागीरथी भट्टका परिवारलाई आर्थिक सहयोग पुर्याउने उद्देश्यले च्यारिटी क्रिकेट म्याच २०२१ को आयोजना गरिएको थियो जसमा न्याभ– ११ र एन आर एन ए– ११ टिम बीच प्रतिस्पर्धा भएको थियो । सो च्यारिटी म्याच का सहभागीहरुले व्यक्तिगत सहयोग गरी उठेको रकममा मल्टीडाइनामिक रिअल स्टेट (जो अस्ट्रेलियाका नेपालीहरु बीच निकै मनपर्ने र चिरपरिचित नाम हो ) ले त्यति नै रकम थप गरी जम्मा २ लाख ७० हजार ८ सय ४० रुपैया संकलन गरिएको थियो ।
न्याभ कप क्रिकेट टुर्नामेन्टको अन्तिम दिन यस्तो च्यारिटी म्याच बिगत ३ बर्ष देखि सुरुवात भएको कुरा न्याभका उपाध्यक्ष तथा च्यारिटी म्याच का संयोजक प्रेम राज उप्रेतीले जानकारी दिए ।

Grace International, Chandler RTO, Everest Driving Centre, VDA Finance, Goodwill Finance, Zen Migration, Hungry Eye, New Concept Finance, Buddha Travels

लगायत न्याभ कप क्रिकेट टुर्नामेन्टका कर्पोरेट स्पोन्सरहरुका प्रतिनिधि हरुको सहभागिता थियो भने एन आर एन ए– ११ टिममा अस्ट्रेलिया का गैर आवाशीय नेपालीहरुको सहभागिता थियो ।

नेपालिज असोसिएसन अफ भिक्टोरिया (न्याभ) अस्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेका नेपालीहरुको सबैभन्दा पुरानो सामाजिक संस्था हो । यसले नेपाली समुदायका लागि आर्थिक, सामाजिक, सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्नुका साथै कोरोना भाइरसको कारणले आपतविपतमा परेका नेपाली र अन्य बहुसांस्कृतिक समुदायका मानिसहरुलाई सहयोग पुर्याउदै आएको छ । त्यसैगरी जन्मभूमिमा विभिन्न कारणले दुखबिपतमा परेका परिवार र समुदायको लागि आर्थिक सहयोग पनि गर्ने गरेको न्याभका बर्तमान अध्यक्ष राम गुरुङ ले जानकारी दिए ।

३ महिना अघाडी मात्र कोरोना भाइरस रोकथाम तथा बच्न प्रयोग हुने स्वास्थ्य क्षेत्रका अत्यावश्यक स्वास्थ्य सामग्री जिल्ला प्रशासन कार्यालय कंचनपुर, बैतडी, डोटी र दार्चुला मा विकासमा सृजनशीलता नेपालको समन्वय र सहकार्य गरि र सुदूरपश्चिम नेपाली समाज भिक्टोरियाको सहयोगमा उक्त सामग्री विकासमा सृजनशिलता नेपाल सिआईडीले हस्तान्तरण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *