यी व्यक्तिले गरे सुशान्तको आत्मासँग कुराकानी, के भने सुशान्तले? (भिडियाे हेर्नुहाेस)

यी व्यक्तिले गरे सुशान्तको आत्मासँग कुराकानी, के भने सुशान्तले? (भिडियाे हेर्नुहाेस)

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको नि’धन भएको एक महिनाभन्दा बढी समय भैसकेको छ। मुम्बई पुलिसले हालसम्म पनि उनको मृ’त्युको रहस्यलाई पत्ता लगाउन सकिरहेको छैन। सुशान्तका फ्यानहरूले उनको मृ’त्यु किन र कसरी भयो, यो जान्न चाहन्छन्। तर अहिलेसम्म कुनै त्यस्तो बलियो प्रमाण पुलिसलाई फेला परेको छैन।

सुशान्तको मृ’त्युको रहस्य सुल्झिन नसकिरहेको बेला एक बिदेशी व्यक्ति स्टिभ हफले एक भिडियो सार्वजनिक गर्दै सुशान्तको आत्मासँग आफूले कुरा गरेको दावा गरेका छन्। प्यारानर्मल एक्स्पर्टको उक्त भिडियो भाइरल बन्न पुगेको छ। जसमा उनले सुशान्तको आ’त्मासँग कुरा गरेको दावा गरेका छन्। केही दिन पहिले स्टिभले यसैसँग सम्बन्धित आफ्नो पहिलो भिडियो सार्वजनिक गरेका थिए। यतिबेला उक्त सेसनको दोस्रो र तेस्रो भाग पनि आइसकेको छ।

स्टिभ हफले एउटा मेसिनद्वारा आत्माहरूसँग कुरा गर्ने गरेको दावा गर्दछन्। उनका अनुसार, सुशान्तसँग उनले कैंयौ प्रश्न सोधेका छन्। स्टिभले प्रश्न सोध्दा मेसिनबाट जवाफ आउँछ।

स्टिभले सुशान्तसँग सोध्छन्, “तपाईंको मृत्युभन्दा पहिले के भएको थियो?” जवाफमा मेसिनबाट, “एउटा व्यक्तिसँग धेरै बहस भएको थियो।” भन्ने जवाफ आउँछ। स्टिभ अगाडि सोध्छन्, “के कसैले तपाईंको ह’त्या गरेको हो?”  जवाफमा आवाज आउँछ, “उनीहरूले किल्ला किनेर ल्याएका थिए।”

स्टिभ सोध्छन्, “तपाईंले भन्नुभो, कसैसँग धेरै बहस भएको थियो। त्यसपछि के भो?” मेसिनबाट जवाफ आउँछ, “अब सबै सकिइसकेको छ।”
स्टिभले अगाडि भन्छन्, “मेरो पहिलो भिडियोलाई लाखौँ मानिसले हेरे। उनीहरू तपाईंलाई सुन्न चाहन्छन्।”  यसमा जवाफ आउँछ,”म केवल तपाईंलाई जवाफ दिन चाहन्छु।”  यसका अलावा स्टिभले सुशान्त जहाँ भएपनि एकदम ठिक रहेको र उनको साथमा एक अर्को व्यक्ति पनि रहेको दावा गर्दछन्।

स्टिभले पहिलो सेसन १३ जुलाईका दिन रिलिज गरेका थिए। उक्त भिडियोमा स्टिभको, “तपाईंलाई याद छ, तपाईंको मृ’त्यु कसरी भयो?” भन्ने प्रश्नको जवाफमा मेसिनबाट अङ्ग्रेजीमा, “यहाँ उज्यालो छ। उनीहरूलाई भन्नुहोस्, मलाई उज्यालो प्राप्त भैसकेको छ। अब यो उज्यालो मधुरो हुँदै छ। उनीहरूले तिमीलाई देखिरहेका छन्। म साँच्चिकै भगवानलाई भेट्न चाहन्थेँ।” भन्ने जवाफ आउँछ।

स्टिभले पहिलोपटक कुनै इन्डियन सेलिब्रेटीसँग कुरा गरेको बताएका छन्। यसभन्दा पहिले अगस्ट २०१८ मा चर्चित पप गायक माइकल ज्याक्सनको आत्मासँग कुरा गरेको दावा गरेका थिए। यसका अलावा उनले अन्य कैयौं ठूला नामि हस्तिका आत्मासँग आफूले कुरा गरेको दावा गर्दछन्।

स्टिभ हफ आफ्नो एउटा डिजाइन गरिएको खास उपकरणद्वारा पछिल्लो १० वर्षयता यसैगरी आत्माहरूसँग कुरा गर्दै आइरहेको दावा गर्दै आइरहेका छन्। स्टिभको कुरामा कत्तिको सत्यता छ, यसको दावा हामी गर्न सक्दैनौँ। यदि साँच्चि नै उनले सुशान्तको आत्मासँग कुरा गरेको दावा गर्दछन् भने, सुशान्तको मृ’त्युको रहस्री सुल्झाउन ठूलो मदत पुग्नेछ।

Leave a Reply