नेपालमा पनि देखियाे नयाँ प्रजातिको कोरोना भाइरस

नेपालमा पनि देखियाे नयाँ प्रजातिको कोरोना भाइरस

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै ३  जनामा नयाँ प्रजातिको कोरोनाभाइरस देखिएकाे बताएकाे छ । 

उनिहरू २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुष रहेका छन । २८ वर्षीय महिला ३२ वर्षीय पुरुषको हाल आरटीपीसीआर रिपोर्ट नेगेटिभ रहेपनि अर्का ६७ वर्षीय पुरुष भने अझै पनि पोजेटिभै रहेको जनाएको छ ।

उनीहरुमा नयाँ प्रजातिको कोरोना आशंका भएपछि नमुना परीक्षणका लागि हङकङ पठाइएको थियो । संक्रमित उनीहरु सबै बेलायतबाट नेपाल आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *