रामारोशन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एकीकृत स्वास्थ्य शिविर सम्पन्न

रामारोशन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा एकीकृत स्वास्थ्य शिविर सम्पन्न

अछाम : रामारोशन गाउपालिका स्वास्थ्य शाखाको आयोजनामा एकीकृत घुम्ती स्वास्थ्य शिबिर सम्पन्न भएको छ । यही बैशाख २१ गतेबाट संचालन भएको एकीकृत स्वास्थ्य शिविर बैशाख २३ गते सम्म संचालन भएको थियो ।

वडा न ४,५,६ मा संचालन गरिएको शिबिरमा ६२४ जनाले सेवा लिएका छन् ।

जसमा रामारोशन स्वास्थ्य चौकी २०७ भाटाकाटिया २४८ र बाटुलासेन १६९ बिरामिको उपचार गरिएको रामारोशन गाउँपालिका सूचना अधिकारी  प्रमुख दिपक खनालले जानकारी दिनुभयो ।

जिल्ला अस्पताल अछाममा कार्यरत डाक्टर सागर ताम्राकारको नेतृत्वको स्वास्थ्यकर्मिको टोलिले निशुल्क ल्याब र स्वास्थ्य उपचार गरेका थिए । टोलिमा सन्तोष कुवर ,गोबिन्द बोहोरा, भुपेन्द्र बुढा, मिन बहादुर बिष्ट लगायत स्वास्थ्यकर्मी  खटिएका थिए ।

शिविरमा आएर स्वास्थ्य सेवा लिएको भन्दै सम्पुर्ण सेवाग्राही हरुलाइ स्वास्थ्य शाखा प्रमुख प्रभुनाथ देवकोटाले धन्यवाद दिएका थिए ।

Leave a Reply