नयाँ वर्षकै दिन दीपिकाले गरिन यस्ताे, फ्यानहरू चकित…

नयाँ वर्षकै दिन दीपिकाले गरिन यस्ताे,  फ्यानहरू चकित…

नयाँ वर्ष २०२१ को सुरुआतसँगै बलिउड जगतबाट एउटा खबर बाहिरिएको छ जुन नायिका दीपिका पाडुकोणसँग सम्बन्धित छ। प्रायः सामाजिक सञ्जालमा सक्रिय देखिने दीपिकाले आफ्ना सबै इन्स्टाग्राम पोस्टहरू डिलिट गरेकी छन्। उनले ट्वीटरबाट आफ्ना सबै ट्वीटहरू पनि हटाएकी छन्।

बेलाबखत दिग्गज कलाकारहरूका सामाजिक सञ्जाल अकाउन्ट ह्याक भएका खबरहरू पढ्न, सुन्नमा आउँछन्। यस्तोमा दीपिकाको अकाउन्ट खाली भएको देखेर कतै उनको अकाउन्ट पनि ह्याक त भएन? दीपिकाका फ्यानहरूले यस्तै अड्कलबाजी गरेका छन्।

नयाँ वर्षको मौकामा दीपिकाको इन्स्टा अकाउन्ट हेर्दा जिरो पोस्ट देखियो साथै उनको इन्स्टा स्टोरी पनि जिरो नै देखियो। यस्तो अवस्थामा धेरैले धेरै थरी अन्दाज लगाउनु स्वाभाविक हो। यतिबेला दीपिका आफैले यसो गर्नुको कारण बताएकी छन्।

खबरअनुसार दीपिका कुनै नयाँ प्रोजेक्टको तयारी गर्दै छिन्। उनले आफ्नो प्रोफाइल फोटो पनि बदलेकी छन्। दीपिकाका यी तमाम क्रियाकलाप कुनै प्रमोसनको हिस्सा हुनसक्ने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *