चर्चामा आलिया भट्टको गुलाबी स्वेटर, मूल्य सुनेर सबै चकित….

चर्चामा आलिया भट्टको गुलाबी स्वेटर, मूल्य सुनेर सबै चकित….

बलिउड नायिका आलिया भट्ट आफ्नो अभिनयका अलावा फेसनका कारण पनि चर्चामा आइरहन्छिन्। राम्रो ब्रान्डको राम्रो लुगा चिनेर लगाउने उनको बानीलाई दर्शकहरू निकै रुचाउँछन्। सामाजिक सञ्जालहरूमा आलिका तस्वीरहरू प्रायः भाइरल हुन्छन्।

यस्तै पछिल्लो समय गुलाबी स्वेटर लगाएको आलियाको फोटो भाइरल भएको छ। हालै आलिया एउटा डबिङ्ग स्टुडियोनजिकै देखिएकी छन्। हुन त त्यहाँ उनी आफ्नो फिल्मको कामले गएकी थिइन्, तर उनको स्टाइल चर्चामा आयो। आलियाले एउटा गुलाबी स्वेटर लगाएकी छन्। त्यसो त आलियाको स्वेटरमा चर्चा गरिनुपर्ने त्यस्तो खास केही पनि छैन तर त्यसको मूल्यले सबैलाई हैरान बनाएको छ।

तस्वीरमा आलियाले लगाएको स्वेटर गुची ब्रान्डको हो। जुन निकै उच्चकोटीको महँगो ब्रान्ड मानिन्छ। आलियाले लगाएको उक्त स्वेटरको मूल्य ९७ हजार भारु बताइएको छ। एउटा सामान्य देखिने स्वेटरको मूल्य यति धेरै हुनुले उनका फ्यानहरू अचम्ममा परेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *