नायक अक्षयकुमारमाथि आइलाग्यो सङ्कट, फिल्म हिट भएर पनि यो कस्तो डर!

नायक अक्षयकुमारमाथि आइलाग्यो सङ्कट, फिल्म हिट भएर पनि यो कस्तो डर!

बलिउडका खेलाडी नायक अक्षयकुमार पछिल्लो समय निकै चर्चामा छन्। हालै उनको फिल्म `लक्ष्मी´ प्रदर्शन भएको छ र फिल्मले अनलाइन सबभन्दा धेरै हेरिएको फिल्मको रेकर्ड बनाउन पनि सफल भएको छ। यद्यपि समीक्षकहरूबाट फिल्मले मिश्रित प्रतिक्रिया पाएको छ।

फिल्म `लक्ष्मी´लाई केही दर्शकहरूले रुचाए पनि फिल्मले सकारात्मकभन्दा नकारात्मक प्रतिक्रिया बेसि पाएको छ। कसैले हटस्टारको सदस्यता लिएर फिल्म हेर्नू मुर्खता हो भनेका छन् भने कसैले अक्षयको अभिनयलाई सरापेका छन्। समग्रमा यसपटक अक्षयले दर्शकहरूलाई निराश पारेका छन्।

अक्षय कुमारको आगामी फिल्म `सूर्यवंशी´ प्रदर्शनको तयारीमा छ। निर्माण टिमले फिल्मको प्रदर्शन मिति केही समय पछिका लागि सारेका छन्। `लक्ष्मी´ हेरिसकेपछि दर्शकहरूको मन अमिलो भएको छ। अक्षयलाई सामाजिक सञ्जालमा धेरैले नकारेका छन्। यस्तो अवस्थामा दर्शकहरू अक्षयको फिल्म हेर्न चाहन्नन्। यसको असर अक्षयसँग काम गर्ने निर्माता टिमलाई परेको देखिन्छ। अक्षयले खेलेका फिल्म प्रदर्शन गर्ने कुरामा निर्माता टिप पछाडि हटेको छ। `लक्ष्मी´ जसरी नै उनको फिल्म फ्लप हुने त होइन? यसको डरले अक्षय र उनीसँग काम गर्ने सबैलाई सताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *