मंगलसैन नगरपालिका २ मा नेकपा परित्याग दुइ दर्जन बढी काङ्ग्रेसमा प्रवेश

मंगलसैन नगरपालिका २ मा नेकपा परित्याग दुइ दर्जन बढी काङ्ग्रेसमा प्रवेश

अछाम : नेपाल कम्युनिस्ट पाटी नेकपा परित्याग गरि दुई दर्जन बढी नेता कार्यकर्ता हरु नेपाली काङ्ग्रेसमा प्रवेश गरेकाछन।

नेपाली काङ्ग्रेस मंगलसैन नगरपालिका २ नम्बर वडा कार्यसमितिले आयोजना गरेको पाटी प्रवेश एवम् बिजया दशमी तथा शुभ दिपावलीको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा  उक्त वडा कमिटीको एक जम्बो टिम काङ्ग्रेसमा प्रबेश गरेका हुन् ।   नेकपा नगरकमिटी सदस्य रमेश बोगटीको नेतृत्वमा दुई  दर्जन बढी नेता कार्यकर्ताहरु काङ्ग्रेसमा प्रवेश भएका हुन् ।काङ्ग्रेस पाटी सभापति लगायत नेता हरुले  नब प्रबेसीहरुलाइ साधारण सदस्यता बितरण गर्दै खादा अबिरले सम्मान गरेर पार्टी प्रबेश गराएका थिए । कार्यक्रममा बोल्दै नवप्रवेशीसीहरुले स्थानिय स्तरमा निर्माण हुने उपभोक्ता समितिदेखि सिंहदरबार सम्म भ्रष्टाचारको जालोमा लिप्त कम्युनिस्टले मुलुकको समृद्धि बन्ने शब्द भजाएर ब्रम्हलुट मच्चाइ रहेकोले आफुहरु बिरक्तिएर काङ्ग्रेसमा प्रवेश गरेको बताए ।
त्यस्तै आफुहरुले आस्था गरेको पार्टि नेपाल कम्युनिस्ट पाटीले जनताको नेतृत्व गर्न नसकेकाले अब देखि आफुहरुको नेपाली काङ्ग्रेस पाटी  माथी ठुलो विस्वास रहेको बताए । देशमा दुई तिहाइको सरकार हुदा पनि मुलुकमा जनताको पक्षमा काम गर्न नसकेकोले आफू हरु पाटी परित्याग गर्न बाध्य भएको बताए । साथै केहि दिनमा बाकी रहेका उक्त  वडाका सम्पुर्ण कार्यक्रताहरुलाई पनि आफू हरु संगै साथमा लिने बताए ।
श्याम बहादुर बोगटीको सभापतित्वमा भएको  कार्यक्रमका  प्रमुख अतिथिको आसन बाट बोल्दै नेपालि  काङ्ग्रेस अछामका सभापति भरत कुमार स्वारले  नेपाली काङ्ग्रेसको बिचार र सिदान्तलाई अङ्गालेर काङ्ग्रेस प्रवेश गरेका नेता कार्यकर्तालाई काङ्ग्रेसले सधै सम्मान गर्ने अवसरहरुलाई समान रुपमा वितरण गर्ने नयाँ  पुरानो नभनी भेदभाब नगरिने उनले बताए । नेपाली काङ्ग्रेस मा आबद्ध सबैले आफ्नो समस्या मा र समाज का समस्यामा हातेमालो गरेर आघी बड्न सुझाब दिदै आफू सधै तपाइहरु संघ  सहकार्य गरेर अघी बड्ने बताए ।

त्यस्तै कार्यक्रममा विशिष्ट अतिथिको आसन बाट बोल्दै पुर्व पाटी सभापति पुष्प बहादुर शाहले वर्तमान दुइ तिहाइको सरकार भ्रस्टाचार तर्फ उन्न्मुख भएको बताए । कोरोना भाइरस कोभिड १९ले बिश्व नै आक्रान्त बनेको अवस्थामा नेपालमा पनि जोखिम उच्च रहेको परिस्थितिमा पनि सरकार जनता बचाउन छोडेर भ्रष्टाचारको पछी लागेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका महासमिती सदस्य बलबहादुर कुवरले मुलुकमा नेकपाको  दुईतिहाई बहुमतको सरकारले भ्रष्टचार गर्ने बाहेक जनतालाई केही नदिएकाले गलत कामका विरुद्धमा लाग्न युवाहरु जुट्ने बेला आएको शाहले बताए ।

कार्यक्रममा महासमिति सदस्य बलबहादुर कुवर,महाधिवेशन प्रतिनिधि अन्जु मल्ल शाह,जिल्ला समन्वय समिति अछामका उपप्रमुख टोपबहादुर रावल ,नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति आमन्त्रित सदस्य जनकराज भण्डारी ,नेपाली काङ्ग्रेसका नेता हिरण्ड बोहरा ,प्रेमबहादुर थापा ,कम्मान नगार्जी,महिला संघका सचिव पुर्णा शाह ,नेपाल प्रेस युनियन अछामका सचिव सुशील भण्डारी ,सास्कृतिक संघका भोजराज भाट

मंगलसैन नगरकार्यसमिति सभापती पुष्पराज भण्डारी ,उपसभापति राजेश बाबू बोगटी ,मंगलसैन नगरपालिका वडा नम्बर ६ वडाकार्यसमीती सभापति हेमराज भण्डारी ,नेबिसंघ नेता वसन्त भाट,केशव रिमाल लगायतले मन्तव्य राख्नु भएको थियोे । शान्तराम आउजिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन नेपाल प्रेस युनियन अछामका उपाध्यक्ष नमराज भण्डारीले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *