मनकामनाको दर्शन गर्दै जान्नुहोस तपाईको आज

मनकामनाको दर्शन गर्दै जान्नुहोस तपाईको आज

मेष राशि
शत्रु पराजित हुने समय छ । ज्ञान विज्ञानका कुरा सिक्छ पाइनेछ । मानसिक सन्तुष्टि पनि मिल्ने दिन रहेको छ । कृषि तथा कृषिकार्यसंग सम्बन्धित व्यवसायबाट लाभ होला । आर्थिक आम्दानी हुने विभिन्न अवसर आउनेछन । पारिवारिक सहयोग भन्दा इष्टमित्रको सहयोग प्रभावकारी हुनेछ । पढाइ लेखाइबाट पनि राम्रै प्रगति गर्न सकिने दिन छ ।

वृष राशि

तपाईंको कुरा काट्ने मान्छेहरु आज प्रशस्त हुनेछन् त्यसैले धेरै सावधान रहेर कामहरु गर्नु पर्ने देखिन्छ । मनसिक चिन्ता बढ्न सक्छ, त्यसले तपाईंको अध्ययन अध्यापनमा पनि हानि पुर्‍याउला । वैदेशिक रोजगार व्यवसायमा भने लाभदायक दिन छ । त्यस्तै तरल पदार्थको काममा पनि प्रसस्त लाभ मिल्ने देखिन्छ ।

मिथुन राशि

पठन–पाठनमा भने त्यत्ति मन नजाला, व्यापारमा प्रशस्त मुनाफा हुने देखिन्छ । अन्य काममा लगाव बढ्ने देखिन्छ । स्वास्थ्यमा खरावी देखिएला त्यसैले खानपिनमा सावधानी अपनाउनु भए राम्रो होला । आज तपाईंले प्रेममा सुखद मिलनको अनुभव गर्न सक्नु हुनेछ ।

कर्कट राशि

आज तपाईले रमाइलो तरिकाले कामहरु गर्न पाउनु हुने छ । विपरित लिङ्गिको हौसलाले पनि तपाईंमा जोश र जागर बढ्ने देखिन्छ । मध्यान्न पछि अरुको काममा समय दिएर खुशी रहनु हुनेछ । बोलीको प्रभाव रहनाले राजनीति क्षेत्रमा प्रगति होला । प्रेम प्रसङ्गमा भने बिछोडको सामना गर्नु पर्ला ।

सिंह राशि

काममा बाधा अड्चन आउने सम्भावना रहेकाले धैर्यता पूवर्क काम सम्पन्न गर्नु होला । नयाँ किसिमका कामहरुमा भने केही समस्या देखिन सक्छ । शरीरमा चोटपटक लाग्ने सम्भावना पनि देखिन्छ । गरिराखेको पेसाबाट मन अघाएर नयाँ काम तिर मन जाला । बौद्धिक तथा रचनात्मक कामबाट मानसिक सन्तुष्टि मिल्ने छ ।सामान्य भर्दा पनि सामान्य ब्यक्तिबाट उचित सहयोग प्राप्त होला ।

कन्या राशि

आज तपाईंले सामाजिक काममा समय दिनु पर्ने देखिन्छ । आफूले गरेका कामहरुबाट खुशी नमिल्ने देखिन्छ । ठूलो लगानी र योजनाको काममा सहभागी नभएकै बेश होला । स्वास्थ्यमा पनि सामान्य खराबी आउनसक्छ । हरेक कुरामा ढिलासुस्ती हुने देखिन्छ । समयको सदुपयोग गर्न तर्फ बडो सहक रहनु पर्ने देखिन्छ ।

तुला राशि

धार्मिक कार्यमा खटिनु पर्ला । आफ्नो कर्मलाई लिएर उचित मूल्याङ्कन हुने समय आएको छ । लामो समयदेखि नबनेको काम सम्पन्न हुने देखिन्छ । स्वास्थ्यमा सामान्य खराबी आउनसक्छ । सिर्जनशिल काममा लगाव बढ्ने देखिन्छ ।

वृश्चिक राशि
परिश्रम गर्ने समय आएको छ । आज अरुले पनि तपाईंलाई साथ सहयोग गर्नेछन् । दीर्घजीवनका लागि फलदायी दिन रहला । मन पनि रमाउने छ । मौसममा आएको परिवर्तनले स्वास्थ्यमा केही समस्या देखा पर्न सक्छ, त्यसो त चिसोबाट हरबखत नै सजग रहनु पर्नेछ । परिश्रम गर्नसके लाभ लिन सकिने समय छ । बौद्धिक तथा रचनात्मक क्षेत्रतर्फ पनि रुचि बढ्ने देखिन्छ । व्यवसायिक क्षेत्रबाट आर्थिक लाभ भइरहला ।

धनु राशि

तपाईंले आज हर समय सजग रहनु होला । अधुरा कामहरु पनि अधुरा नै रहलान् जस्तो छ । संयमित भइ आफ्नो गतिविधि बढाउनु होला । नचिनेका व्यक्तिसित नयाँ मित्रता कायम होला । जग्र्गा जमिनको कारोबार भन्दा जागिरबाट राम्रै प्रगति हुने देखिन्छ । मानसिक परिश्रम बढी गर्न पला । समयको सदुपयोग गर्न तर्फबडो सहज रहनु भउ आम्सिक रुपमा राम्रो होला । कर्मचारी वर्गका लागि भने फलदायी दिन रहेको छ ।

मकर राशि

विपरित लिङ्गिको हौसलाले तपाईंका कामहरु सजिलै संग बन्नेछन । आर्थिक पक्ष राम्रो छ, व्यापार वा व्यवसाय गर्ने व्यक्तिहरुले मनग्गे लाभ लिन सक्दछन् । धार्मिक ठाउँको रमाइलो यात्रामा सरिक हुन अवसर मिल्नेछन । स्वास्थ्यमा भने केही खरावी देखिन सक्छ, त्यसैले खानपिनमा सावधानी अपनाउनु होला । प्रेम प्रसंगमा खासै राम्रो समय छैन मनमुटाव हुन सक्ला ।

कुम्भ राशि

तपाईंका लागि मंगलबारको दिन निकै राम्रो रहेको छ । पठन–पाठनमा मन जाने देखिन्छ । कठिन यात्रामा भने सरिक हुनुपर्ला । मन परेको सामग्री किन्नमा ठूलै रकम खर्च हुने पनि देखिन्छ । आफन्तजन संग पनि भेटघाट व्यस्त भइएला ।

मीन राशि

आजको दिन तपाईंका लागि मध्यम खालको छ । कामको बोझले थाकेको महसुस होला । आजको दिन आर्थिक कारोबार नगरेकै राम्रो । प्रेम प्रसंगको कुरा गर्दा, आज तपाईंको प्रेम प्रसंग सुखद रहने छ ।

Leave a Reply