अंकितासहित `पवित्र रिस्ता´ टिमले यसरी सम्झियो सुशान्तलाई (भिडियो)

अंकितासहित `पवित्र रिस्ता´ टिमले यसरी सम्झियो सुशान्तलाई (भिडियो)

टिभी अभिनेत्री अंकिता लोखण्डे र पवित्र रिस्ता टिमले दिवङ्गत अभिनेता सुशान्त सिंह राजपुतलाई श्रद्धाञ्जलि दिएको छ। हालै भएको जी रिस्ते अवार्ड २०२० मा अंकिता र पवित्र रिस्ता टिमले सुशान्तलाई साङ्गीतिक श्रद्धाञ्जलि अर्पण गरेको छ।

जी टिभीको सामाजिक सञ्जाल अकाउन्टमा एउटा भिडियो अनलाइन साझा गरिएको छ। उक्त भिडियोमा अंकिता भनिरहेकी छन्, “मलाई विश्वास भैरहेको छैन, यतिबेला म सुशान्तलाई श्रद्धाञ्जलि दिइरहेकी छु। हरपल सुशान्त हामीसँगै छन् जस्तो लाग्छ।”

भिडियोमा सुशान्तको सपना र सङ्घर्षको बारेमा बोलिएको छ। अंकिताले सुशान्तका कैयौं फिल्मी गीतहरूमा नाचेकी छन्। साथै पवित्र रिस्ताको अर्चनाको भूमिकामा देखिएर अंकिताले `साथीया तुने क्या किया´ बोलको गीतमा पनि नाचेकी छन्। यो गीत पवित्र रिस्ता सिरियलको टाइटल ट्र्याक पनि थियो।

 

View this post on Instagram

 

A post shared by Viral Bhayani (@viralbhayani)

Leave a Reply