जसकाे इशारामा नाचे ऐश्वर्या, कैटरिनादेखि कैयौं हिरोइनहरू

जसकाे इशारामा नाचे ऐश्वर्या, कैटरिनादेखि कैयौं हिरोइनहरू

वैभवी मर्चेंट बलिउडको चर्चित नाम हो। आजसम्म बलिउडमा अत्यधिक काम गरेकी सर्वश्रेष्ठ कोरियोग्राफर वैभवीको आज जन्मदिनको हो। आफ्नो असल कर्म र मेहनतका कारण बलिउडमा नाम उच्च पारेकी वैभवी राष्ट्रिय पुरस्कार विजेता पनि हुन्।

वैभवीले आफ्नो करियरको शुरुआत सलमान खान र ऐश्वर्या रायद्वारा अभिनित फिल्म ‘हम दिल दे चुके सनम’ को गीत ‘ढोली तारो ढोल बाजे’बाट गरेकी थिइन्। जसका लागि उनले सर्वश्रेष्ठ कोरियोग्राफरको राष्ट्रिय अवार्ड पनि हात पारेकी थिइन्।

थुप्रै फिल्महरूमा काम गरेर वैभवीले कयौं अभिनेत्रीहरूलाई आफ्नो इशारामा नचाएकी छन्। उनले कोरियोग्राफ गरेका चर्चित गीतहरूमा फिल्म लगानको ‘ओ रे छोरी’, रब ने बना दी जोड़ीको ‘हौले हौले’, दिल्ली 6 को ‘मसकली’ (सोनम कपूर), देवदासको ‘बैरी पिया’ (ऐश्वर्या राय), भारतको `ऐथे आ´ (कटरीना कैफ) तथा सबैको लोकप्रिय फिल्म बन्टी और बबलीको ‘कजरा रे’ आदि पर्दछन्। वैभवीले थुप्रै गीतका निम्ति थुप्रै पुरस्कारहरू पनि पाइसकेकी छन्।

Leave a Reply