जब सलमान खान गर्लफ्रेण्डको बेडरुममा रंगेहात प’क्राउ परे….

जब सलमान खान गर्लफ्रेण्डको बेडरुममा रंगेहात प’क्राउ परे….

बलिउडका चर्चित कलाकार सलमान खान कलाकारितासँगै प्रेमकै कारणले पनि निकै चर्चा कमाएका अभिनेता हुन् । सयाैँ सुपरहिट फिल्म दिएका सलमानका असफल प्रेमले पनि बजारमा निकै चर्चा कमाउन सफल भएका छन् ।

फिल्म जगतमा सलमानकाे नाम संगीता बिजलानी, सोमी अली, ऐश्वर्या, क्याटरीना कैफ, युलिया बन्तुर लगायतसँग जोडिने गर्छ । ऐश्वर्यालाई छोड्ने हो भने उनी हरेक सम्बन्धलाई सामान्य रुपमा लिएका थिए । उनी आफ्नो पार्टीमा पनि सबैलाई बोलाउँथे ।

‘दशका दम’ नाम टिभी शोमा सलमान खानले एक रमाइलो किस्सा सुनाएका थिए । उनले भनेका थिए, उनी आफ्नी गर्लफ्रेण्डलाई भेट्न गर्लफ्रेण्डको घर गएका थिए । घरमा यी दुईबाहेक कोही थिएनन् ।

एक्कासी घरमा युवतीका परिवार आइपुगे । त्यतिबेला सलमान खान घरमा लुक्ने मौका खोजे । उनी लुक्नका लागि ठाउँ खोज्न थाले । लगत्तै उनी बेडरुममा भएको दराजमा लुके । बल्लतल्ल उनी आलमारीमा लुकेका थिए ।

सलमान खानका अनुसार दराजमा धूलो थियो । उनलाई हाछ्युँ आयो । भाँडा पनि खसे । लगत्तै सलमान खान रंगे हात प’क्राउ परे । परिवारसँग त्यस्तो कुनै लफडा पनि भएन । तर सलमान खानले आफ्नी गर्लफेन्डको नाम भने बताएनन् ।

Leave a Reply