गोविन्दा र करिश्माको कुली नं १ मा के कमी थियो? सारा अलीले दिइन यस्तो प्रतिक्रिया….

गोविन्दा र करिश्माको कुली नं १ मा के कमी थियो? सारा अलीले दिइन यस्तो प्रतिक्रिया….

बलिउड अभिनेत्री सारा अली खान चाँडै नै फिल्म `कुली नं १´ मा देखिँदै छिन्। २५ डिसेम्बरका दिन अमेजन प्राइममा प्रदर्शन गरिने भनिएको यस फिल्ममा साराका साथै वरुण धवनले प्रमुख भूमिका निभाएका छन्। फिल्मलाई सन् १९९५ मा प्रदर्शन भएको गोविन्दा र करिश्मा कपुर अभिनित फिल्म `कुली नं १´ को रिमेक बताइएको छ। फिल्मलाई लिएर दर्शकहरू निकै उत्साहित छन्।

फिल्मको ट्रेलर बाहिरिएपछि गोविन्दाका फ्यानहरू दु:खी थिए किनभने फिल्ममा गोविन्दालाई कुनै भूमिका दिइएको छैन। एउटा अन्तर्वार्तामा फिल्मकी मुख्य नायिका सारा अली खानलाई `मुख्य फिल्ममा के कमी थियो र त्यसको रिमेक बनाइयो?´ भन्ने प्रश्नमा उनी भन्छिन्, “हामीले जति मेहनतका साथ फिल्म बनायौँ त्यति नै इमानदारी भावले फिल्म हेरिदिन म सबैलाई अनुरोध गर्छु। हामीले ट्वीटरमा भनेका रमाइला कुरा र फिल्ममा देखाइने रमाइला कुराहरूमा भिन्नता हुन्छ।

सबै मान्छे राम्रो बन्न थाल्यो भने हाम्रो जिन्दगीबाट कमेडी हराउने छ। हाँस्ने हँसाउने सम्भावना सकिने छ। पुरानो `कुली नं १´ फिल्ममा कुली बनेका गोविन्दा सरले करिश्मा म्यामलाई आफू कुली होइन भनेर झुक्याउनु निकै रमाइलो छ।”

Leave a Reply