सुशान्तको गीतमा अंकिताको डान्स, भाइरल भयो भिडियो

सुशान्तको गीतमा अंकिताको डान्स, भाइरल भयो भिडियो

टिभी अभिनेत्री अंकिता लोखण्डे सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। हालै अंकिताले सामाजिक सञ्जालमा एउटा भिडियो साझा गरेकी छन्। जसमा उनलाई सुशान्तको गीतमा नाच्दै गरेको देख्न सकिन्छ। २६ डिसेम्बरका दिन हुन गइरहेको जी रिस्ते अवार्ड कार्यक्रमका लागि अंकिताले यो तयारी गरेकी हुन्। सुशान्तको गीतमा डान्स गरेर अंकिताले सुशान्तलाई याद गर्ने छिन्।

आफ्नो यस भिडियोमा अंकिता कौन तुझे युँ प्यार करेगा ´ गीतमा डान्स गरिरहेकी छन्। जुन गीतमा अंकिता डान्स गर्दै छिन् सो गीत सुशान्त सिंह राजपुत अभिनित फिल्म MS Dhoni The Untold Story´को हो।

अंकिताको यो भिडियोलाई लाखौं मानिसहरूले हेरिसकेका छन्। अंकिता र सुशान्तका फ्यानहरूले भिडियोलाई निकै रुचाएर अत्यधिक लाइक कमेन्ट्द्वारा आफ्नो माया दिएका छन्।

 

View this post on Instagram

 

A post shared by Ankita Lokhande (@lokhandeankita)

Leave a Reply

Your email address will not be published. Required fields are marked *