पप संगीतका महारथी बप्पी लहरीले किन लाउँछन् यति धेरै सुन? खास कारण यस्तो!

पप संगीतका महारथी बप्पी लहरीले किन लाउँछन् यति धेरै सुन? खास कारण यस्तो!

बलिउड गायक तथा संगीतकार बप्पी लहरीले बलिउडमा निकै लामो समय बिताएका छन्। ५०० भन्दा बढी गीतमा संगीत भरिसकेका बप्पीलाई बलिउडमा अग्रजको सम्मान दिइन्छ। पप संगीतलाई बलिउडको एउटा अहम् हिस्सा बनाइदिने श्रेय पनि बप्पी लहरीलाई नै जान्छ। बप्पीका ८० को दशकका गीत होऊन् अथवा अहिलेका, उनको फरक अन्दाजलाई सबैले उत्तिकै मन पराउँछन्।

बप्पी उनको संगीतका कारण मात्र चर्चामा छैनन्। उनलाई चर्चित बनाउने अर्को पनि कारण छ। जुन हो, उनले शरीरमा लगाउने अत्यधिक धेरै सुन गहना। आफूले लगाउने सुनका गहनाका कारण बप्पी सधैं चर्चामा रहन्छन्। बप्पी बलिउडका एक मात्र यस्ता गायक हुन्, जो यति धेरै सुन लगाएर हिँड्ने गर्दछन्।

आखिर बप्पीले किन यति धेरै सुन लगाएर हिँड्छन् त? यसको जवाफमा उनी भन्दछन्, “मलाई बलिउड कलाकार एलविस प्रेस्ली निकै मन पर्दथे। मैले देखेको थेँ, उनी सधैं घाँटीमा सुनको सिक्री लगाएर हिँड्दथे। मलाई उनको त्यो अन्दाजले सुन लगाउन निकै प्रेरित गर्‍यो। त्यसपछि मैले बिस्तारै सुन लगाउन थालेँ।”

एलविस प्रेस्लीबाट प्रेरित भएका बप्पीले बलिउडमा निकै ठूलो सफलता हाँसिल गरिसकेका छन्। उनी आधा किलो सुन, चाँदी लगाएर हिँड्ने गर्दछन्। अब उनको यो स्टाइललाई बलिउडका धेरैले कपी गरिसकेका छन्। तर बप्पीजति सुन लगाएर चाहिँ कोही बाहिर निस्कँदैन।

Leave a Reply