कृष्णा र गोविन्दाको झगडा बढ्दै, के हो विवादको कारण?

कृष्णा र गोविन्दाको झगडा बढ्दै, के हो विवादको कारण?

एक समयका चर्चित हास्यनायक गोविन्दालाई नचिन्ने फिल्मप्रेमी सायदै होलान्। गोविन्दा आफ्नो बेग्लै स्टाइलले सबैलाई हँसाएर मनोरञ्जन दिन सिपालु छन्। उनको यही स्टाइललाई सबैले मन पराउँछन्। गोविन्दा आफ्नो अभिनयका अलावा नृत्यका कारण पनि बलिउडमा चर्चित छन्।

उनै गोविन्दाका भाञ्जा कृष्णा अभिषेक अहिले भारतीय टेलिभिजन क्षेत्रमा अगाडि बढिरहेका छन्। केही फिल्म तथा टिभी रियालिटी कार्यक्रममा देखिएका कृष्णा अहिले कपिल शर्मा शोको हिस्सा बनिसकेका छन्। हास्य क्षेत्रमा जमेका मामाभाञ्जाको सम्बन्धमा २ वर्ष यता
तिक्तता देख्न सकिन्छ।

विवादको शुरुआत सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टबाट भएको थियो। कृष्णाकी श्रीमती काश्मिरा शाहले सन् २०१८ मा “पैसाको निम्ति नाच्ने मान्छेहरू” भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। यो कुरा गोविन्दाकी पत्नी सुनितालाई मन परेन। उनले यो पोस्ट गोविन्दाको लागि लेखिएको बुझिन्। किनभने गोविन्दा नाच्ने गर्दछन्।

सुनिताले विवाद अगाडि बढाएपछि कृष्णाले आफ्नी पत्नीको तर्फबाट त्यो पोस्ट उनकी बहिनी आरती सिंहका लागि लेखिएको भन्दै सफाइ दिए। तर सुनिताले त्यो कुरा गोविन्दाका लागि लेखिएको भन्दै अड्डी कसिरहिन्। कृष्णाले पटकपटक माइजूलाई सम्झाउने कोसिस गरे तर उनी मानिनन्। मामिला बढेपछि कृष्णाले पत्नीलाई त्यो पोस्ट डिलिट गर्न अह्राए तर विवाद घटेन। गोविन्दा र कृष्णाको पारिवारिक दूरी बढ्दै गयो। गोविन्दाको भाञ्जा भएकै कारण गोविन्दाको नामबाट कृष्ण चिनिएको आरोप सुनिताले लगाएकी थिइन्।

गोविन्द दम्पती कपिल शर्मा शो मा पुग्दा कृष्णा कार्यक्रममा नदेखिनुले यो दुई परिवारको विवाद अझै कायमै छ भन्ने बुझिन्छ।

Leave a Reply