शाहरुखको फिल्म `पठान´मा दीपिकाको पारिश्रमिकले सबैको होस उडायो

शाहरुखको फिल्म `पठान´मा दीपिकाको पारिश्रमिकले सबैको होस उडायो

बलिउड बादसाह शाहरुख खान यतिबेला आफ्नो आगामी फिल्म `पठान´लाई लिएर निकै चर्चामा छन्। फिल्मलाई प्रदर्शनअगावै सुपरहिट बताइँदै छ। अहिलेसम्म निर्माण टिमबाट फिल्मबारे कुनै औपचारिक घोषणा भएको छैन तथापि ट्रेलर हेरेर दर्शकहरूले सकारात्मक प्रतिक्रिया जनाएका छन्। जसले गर्दा फिल्मप्रति सबै उत्साहित छन्।

फिल्ममा शाहरुखको विपरीत बलिउड नायिका दीपिका पाडुकोण देखिँदै छिन्। यसभन्दा पहिले शाहरुख र दीपिका `ओम शान्ति ओम र चेन्नई एक्स्प्रेस´ फिल्ममा एकसाथ देखिएका थिए। दर्शकले यो जोडीलाई निकै रुचाएका छन्।

शाहरुख र दीपिकाको जोडी मिलेर बनेको `पठान´ फिल्मले धुम मच्चाउने निश्चित त छ नै। तर फिल्ममा दीपिकाले लिएको पारिश्रमिक अहिले चर्चाको विषय बनेको छ। खबरअनुसार, दीपिकाले `पठान´मा अभिनय गरेबापत १५ करोड भारु रुपैयाँ लिएकी छन्। दीपिका बलिउडकी सबैभन्दा उचाइकी अभिनेत्री हुन् त्यसैले उनको यति पारिश्रमिक सामान्य मानिन्छ।

निर्माण टिमका अनुसार फिल्ममा दीपिकाको भूमिकालाई अत्यन्तै सुन्दर तरिकाले अगाडि बढाइएको छ। साथै उनलाई स्क्रिन पनि धेरै दिइएको छ। यस्तोमा दीपिका मेगा बजेटको यो फिल्मको अहम् कडी साबित भएकी छन्।

Leave a Reply