आईपीएल : चेन्नईसङ्गको हारले तुहियो पञ्जाबको प्लेअफ पुग्ने सपना

आईपीएल : चेन्नईसङ्गको हारले तुहियो पञ्जाबको प्लेअफ पुग्ने सपना

आईपीएल : दुबईमा जारी इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गतको आइतबार भएको पहिलो खेलमा खेलमा चेन्नई सुपर किङ्ग्सले किङ्ग्स एलाभेन पञ्जाबलाई फराकिलो अन्तरले बिजयी गरेको छ ।

चेन्नईसंग ९ विकेटले पराजित भएसंगै पन्जाबको प्लेअफमा पुग्ने सपना अधुरै अधुरै रहेको छ । पञ्जाबले दिएको एक सय ५४ रनको लक्ष्य चेन्नईले १८ दशमलव पाँच बलमा एक विकेट गुमाएर भेटाएको थियो । जसका लागि रुतुराज गायकवाडले अविजित ६२ रन, फाफ डु प्लेसीले ४८ रन र अम्बाती रायुडुले अविजित ३० रन जोडेका थिए । पञ्जाबका लागि क्रिस जोर्डनले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५३ रन बबनाउन सफल भएको थियो । यसका लागि दीपक हूडाले ३० बलमा अविजित ६५ रन र मयङ्क अग्रवालले १५ बलमा २६ रन बनाउन सफल भएका थिए ।

बलिङमा लुङ्गी एन्गिडीले तीन विकेट तथा शार्दुल ठाकुर, इमरान ताहिर र रविन्द्र जडेजाले एक एक विकेट लिएका थिए । बलिङतर्फ लिँदा चेन्नईले १८ दशमलव पाँच बलमा एक विकेट गुमाउँदै एक सय ५४ रन बनाउन सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *