९९ रनमा आउट भएका क्रिस गेललाई कारबाही…

९९ रनमा आउट भएका क्रिस गेललाई कारबाही…

काठमाडौं : आईपीएल उत्कृष्ट पर्दशन गरिरहेका ‘युनिभर्स बोस’ क्रिस गेल कारबाहीमा परेका छन् । शुक्रबार राती आईपीएलकाे ५० औं खेल  राजस्थान रोयल्सविरुद्धको खेलमा खेलाडी आचारसंहिता विपरीत काम गरेपछि  पञ्जाबका गेललाई कारबाही गरिएको हो।

उनलाई म्याच फिको १० प्रतिशत जरिवाना गरिएको जनाइएको छ। सामान्यतया शान्त देखिने गेलले शुक्रबार ९९ रनमा जोफ्रा आर्चरबाट बोल्ड भएपछि भने त्यसलाई कायम राख्न सकेनन्। १०औं ओभरमा रियान परागले क्याच छुटाएपछि गेलले आक्रामक ब्याटिङ गरे।

६३ बलमा ६ चौका र ८ छक्का बनाएपछि सातौँ आईपीएल शतक बनाउन १ रनले चुकेपछि गेलले आउट हुने बितिकै असामान्य रुपमा ब्याटलाई टाढा पुग्ने गरि मिड-विकेटको दिशामा फालेका थिए।

आउट भएपछि निराश देखिएका उनलाई हात मिलाउँदै आर्चरले विदाई गरेका थिए। जसपछि अर्को किनारमा रहेका ब्याट्सम्यान ग्लेन माक्सवेलले ब्याट उठाएर गेललाई दिएका थिए।

गेलले आफूले गरेको गल्ती र जरिवाना स्वीकार गरिसकेका छन्। ‘आईपीएलको आचारसंहिताको लेभल १ को २.२ अन्तर्गत गेलले जरिवाना स्वीकार गरेका छन्। आचारसंहिताको लेभल-१ उल्लंघन गरेका कारण म्याच रेफ्रीको निर्णय अन्तिम रहनेछ।’ आईपीएलले विज्ञप्ति जारी गर्दै जनाएको छ।

लिगको पछिल्लो ६ खेलमा मौका पाएका गेलले ४६ को औसत र १४४.५ को स्ट्राइक रेटमा ३ अर्धशतक प्रहार गर्दै २७६ रन बनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *