आईपीएल: सन्दीप आवद्ध दिल्लीको अर्को हार, हैदरावादको विशाल जित

आईपीएल: सन्दीप आवद्ध दिल्लीको अर्को हार, हैदरावादको विशाल जित

यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गरेकाे छ ।

टस हारेर ब्याटिङको मौका पाएको हैदराबादले क्यापिटल्सलाई २ सय २० को लक्ष्य दिएको छ । लक्ष्य पछ्याएकाे दिल्लीले फितलाे ब्याटिङ गर्दै १३१ रन मात्रै बनाउन सक्याे । दिल्लीका लागि अजिङ्के राहण्रले २६, तुसार देसपाण्डेले २,   सिमरन हेटमायरले १६ तथा रिसभ पन्तले ३६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दाेहाेराे अंक जाेड्न सकेनन् । बलिङ तर्फ हैदराबादका रसिद खानले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सन्दिप सर्मा २ तथा नादिम, नटराजन र विजय संकरले समान १/१ विकेट लिए ।

त्यसअघि  हैदराबादका लागि ऋद्धिमान साहा र कप्तान डेविड वार्नरले उत्कृष्ट ब्याटिङ गरे । साहाले ४५ बलमा १२ चौका र २ छक्कासहित ८७ रन बनाए । त्यस्तै, वार्नरले ३४ बलमा ८ चौका र २ छक्काको मद्दतमा ६६ रनको योगदान दिए । साथै, मनिष पाण्डे ४४ र केन विलियम्सन ११ रनमा नटआउट रहे । बलिङमा दिल्ली क्यापिटल्सका एनरिक नोर्टजे र रविचन्द्रन आश्विनले एक/एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *