आईपीएल: क्रिस गेल चम्किएपछि पञ्जाव विजयी, विराटको बैंगलोर पराजित

आईपीएल: क्रिस गेल चम्किएपछि पञ्जाव विजयी, विराटको बैंगलोर पराजित

आईपीएल टि-२० अन्तर्गत ३१ औं खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्दै किंग्स-११ पन्जाबले लिगमा दोश्रो जित हात परेको छ ।

शारजाह मैदानमा टस जितेर ब्याटिंग गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १७१ रन बनाउदै दिएको १७२को लक्ष्य पन्जाबले मात्र  २ विकेट गुमाएर पुरा गरेको हो ।

पंजावको जितमा कप्तान केएल राहुलले सर्वाधिक ६० रन बनाए भने यो सिजनमा पहिलो खेल खेलेका क्रिस गेलले ५१ रन बनाए  । त्यस्तै मायाँक अग्रवालले ४५ रन बनाए । बलिंग तर्फ बैंगलोरका युजेंद्र चहलले १ विकेट लिनुबाहेक सबै विकेट बिहिन बने ।

त्यसअघि  बैंगलोरको लागि कप्तान बिराट कोहलीले सर्वाधिक ४८ रन बनाए भने शिभम दुबेले २३ रन, आरोन फिन्चले २० रन तथा देभदत्त पडीक्कलले १८ रन , वासिंगटन सुन्दरले १३ रन तथा इसुरु उदानाले अविजित १० रन बनाए।

पन्जाबको बलिंगमा मुरुगन आश्विन ( ४-०-२३-२ ) ले २ विकेट लिए। अर्शदिप सिंह ( २-०-२०-१ ) र क्रिस जोर्डन ( ३-०-२०-१ ) ले समान १ विकेट लिए। रभी बिस्नोइ (३-०-२९-० ) र ग्लेन म्याक्सवेल ( ४-०-२८-० ) विकेटविहिन रहे।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *