आईपिएलः पाँचाै खेलमा पनि सन्दीपले पाएनन् माैका, दिल्ली टस हारेर ब्याटिंग गर्दै

आईपिएलः पाँचाै खेलमा पनि सन्दीपले पाएनन् माैका, दिल्ली टस हारेर ब्याटिंग गर्दै

आईपिएल : युएईमा जारी इण्डियन प्रिमियर लिग आईपिएलकाे १३ औं सिजन अन्तर्गतकाे १९ औं खेलमा नेपाली लेग स्पिनर सम्मिलित दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरको सामना गर्दैछ।

बैंगलोरले टस जितेर दिल्लीलाई ब्याटिङकाे निम्ताे दिएकाे छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आज नेपाली समय अनुसार रातीको ७:४५ बजे सुरु हुने खेलमा श्रेयस ऐयरको कप्तानिमा रहेको दिल्ली र बिराट कोहलीको कप्तानिमा रहेको बैंगलोर आमनेसामने हुँदैछन् ।

सुरुवाती खेलदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै अंकतालिकामा दोस्रो स्थानमा रहेको दिल्लीले तेश्रो स्थानमा रहेको बैंगलोरको सामना गर्ने छ । सुरुवाती ४ खेल खेल्दा नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई मौका नदिएको दिल्लीले आजको खेलमा पनि सन्दीपलाई नखेलाउने भउकाे छ ।

हेड टु हेड : दुवै टिमले गरेका अघिल्ला प्रदर्शनलाई आधार मान्ने हो भने दिल्लीको तुलनामा बैंगलोर निकै बलियो आत्मविश्वासका साथ मैदानमा उत्रिने देखिन्छ । हालसम्म आमने सामने भएका २४ खेलमा बैंगलोरले दिल्लीलै धेरै पटक निरस परेको देखिन्छ । जसमा १५ पटक बैंगलोरले र ८ पटक दिल्ली विजयी भएको छ।

बैंगलोर टिम  : एरोन फिन्च, देभदत्त पडिक्कल, बिराट कोहली, एबि डि भिल्लियर्स, मोहम्मद सिराज , शिभम दुबे, वासिङ्टन सुन्दर, इसुरु उडाना, मोइन अलि , युझभेन्द्र चहल, नभदिप सैनी

दिल्लीको टिम : शिखर धवन, पृथ्वी श, श्रेयस ऐयर, रिषभ पन्त, शिमरोन हेटमाएर, मार्कस स्टोइनिस, रभीचन्द्रन आश्विन, अक्षर पटेल, कागिसो रबाडा, एनरिक नोर्किया, हर्षल पटेल

Leave a Reply