पढ्ने पैसा नभएर गल्लीमा डटपेन बेच्ने जोनी यसरी बने कमेडी किंग……

पढ्ने पैसा नभएर गल्लीमा डटपेन बेच्ने जोनी यसरी बने कमेडी किंग……

मुम्बई(एजेन्सी) । बलिउडका लोकप्रिय कमेडियन जोनी लिबर आगामी शुक्रबार अर्थात १४ अगष्टमा आफ्नो जन्मदिन मनाउदैछन् । उनको वास्तविक नाम जोन प्रकाश राव जनुमाला हो । करियरको शुरुवाती दिनमा जोनीले स्टेजमा स्टेण्ड अप कमेडी गर्दथे ।

उनको जन्म आन्ध्र प्रदेशमा भएको हो । जोनीका पिता प्रकाश राव जनुमाला हिन्दुस्तान लिभर फ्याक्ट्रीमा काम गर्दथे । जोनी परिवारका जेठो सन्तान हुन् । उनका दुई भाइ र तीन बहिनी छन् । उनको परिवार निकै गरिब थियो । आर्थिक संकटका कारण जोनीले सातौं कक्षा पछि पढाई छोडिदिए । उनले पढाई छाडेर परिवारलाई सघाउने निर्णय लिए ।

उनी गल्ली र महलमा बलिउड कलाकारको नक्कल गरेर डटपेन बेच्दथे । यो यात्रामा उनले कलाकारका अनेक किसिमका नृत्य पनि गर्दथे । उनी हरेक दिन पाँच रुपैंयाँसम्म कमाउथे । जुन पैसा त्यो समयमा ठूलो रकम थियो । केही समय पछि पिताले उनलाई हिन्दुस्तान लिभरमा काम दिए ।

फ्याक्ट्रीमा काम गरिरहँदा जोनीले आफ्नो अभिनय र कमेडीका माध्यमबाट त्यहाँका कामदारलाई हसाउथे । यही फ्याक्ट्रीमा उनले जोनी लिभर नाम पाए । उनी मिमिक्री गर्न उत्तिकै माहिर थिए । उनी स्टेज शो पनि उत्तिकै गर्दथे । एक स्टेज शोमा उनी सुनिल दत्तको नजरमा परे । सुनिलले नै जोनीलाई फिल्म ‘दर्दका रिश्ता’मा पहिलो ब्रेक दिए ।

यो फिल्म पछिको उनको यात्रा निरन्तर जारी छ । कैयौं फिल्ममा उनी सह अभिनेताका रुपमा देखिएका छन् । दर्शकले उनलाई कमेडीको हिरोमा बढी रुचाए । उनले ‘चालबाज’, ‘चमत्कार’, ‘बाजीगर’, ‘राजा हिन्दुस्तानी’, ‘जुदाई’, ‘यस बोस’, ‘इश्क’, ‘आन्टी नम्बर १’, ‘दूल्हे राजा’, ‘कुछ कुछ होता है’, ‘अनाडी नम्बर १’, ‘कहो ना प्यार है’, ‘नायक’, ‘कभी खुशी कभी गम’, ‘फिर हेरा फेरी’, ‘गोलमाल ३’, ‘गोलमाल अगेन’ र ‘हाउसफुल ४’लगायतका हिट फिल्ममा अभिनय गरे । केटिएम दैनिक

Leave a Reply