‘दुख र संघर्ष मैले पनि गरेकी छु, सुशान्त तिमीले किन हार्‍यौं’ भन्दै भावुक बनिन् नेहा कक्कड – भिडियो

‘दुख र संघर्ष मैले पनि गरेकी छु, सुशान्त तिमीले किन हार्‍यौं’ भन्दै भावुक बनिन् नेहा कक्कड – भिडियो

भारतीय सांगीतिक जगतमा उदाएकी नेहा कक्कड़लाई नचिन्ने बिरलै होलान । उनले अहिले जुन उचाई हासिल गरेकी छन त्यो त्यति सजिलै भने भएको होइन । त्यहि भएर होला नेहाले बलिउड अभिनेता सुशान्त सिंह राजपुतको दुखद निधन पछि भावुक हुँदै प्रतिक्रिया जनाएकी छन् ।

अहिले त झन् सुशान्तको निधनले बलिउड नै स्तव्ध बनेको छ । सुशान्तको आत्माको शान्तिको कामना गर्दै सबै कलाकारहरुले दुख व्यक्त्त गरे । बलिउडकी चर्चित गायिका नेहा कक्कडले इन्टाग्राम मार्फत सुशान्तलाई श्रद्धाञ्जली दिएकी छिन् ।

उनले इन्टाग्राम र फेसबुकमा सुशान्तलाई सम्झेकी छिन् भने भारतीय मिडियामा उनको बारेमा कुरा गरेकी छिन् । उनले भनेकी छिन्, सुशान्तले भन्दा बढी दुख त हामी ३ जना (नेहा सोनु र टोनी) ले जति संघर्ष त कसैले पनि गरेको छैन ।

हामीले मन्दिरमा गएर गीत गाउनेदेखि समोसा बेच्ने काम सम्म गर्यौं र अहिले आफ्नो खुट्टामा उभिने भएका छौं । हुन त हामी ३ जना छौं । एक अर्काको दुख शेयर गर्छौं र डि-प्रेशनमा जानु पाएको छैनौं । अब फेरि बलिउडमा कोहीले यस्तो दुर्गति भोग्नु नपरोस


यतिबेला बलिउडमा छाएकी नेहा कक्कडका बुबा समोसा व्यापारी थिए । कमजोर परिवारको आर्थिक अवस्थाबाट संघर्ष गरेकी उनले निकै दुख गर्नु परेको थियो । भर्खरै नेहाको जन्मदिनमा उनको भाइ सोनुले भनेका थिए, “म र दिदी गायनमा भविष्य खोज्दै मुम्बई आएका थियौं हामीलाई साथ दिने कोहि थिएन । त्यो बेला नेहाले रेलको डिब्बा डिब्बामा गएर गीत सुनाएर हामीलाई पैसा पठाउने गर्थी ।”

यसै पनि बलिउडमा नातावाद र धनी मानिसहरुले मात्र स्थान पाउँछन् भन्ने कुरा छलङ् रुपमा बाहिर आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *