नाैखुवा प्रतिष्ठानकाे ‘देलाे उगाड्न्या कार्यक्रम’ सम्पन्न

नाैखुवा प्रतिष्ठानकाे ‘देलाे उगाड्न्या कार्यक्रम’ सम्पन्न

अछाम :  नौखुवा प्रतिष्ठन नेपालकाे ‘देलाे उगाड्न्या कार्यक्रम’ सम्पन्न भएकाे छ । अछाम जिल्लाको मौलिक अछामी भाषाको संरक्षण र प्रर्वद्धन गर्ने मुख्य उद्देश्यका  साथ दर्ता भएकाे नौखुवा प्रतिष्ठन नेपालले भर्चुअल माध्यममार्फत एक कार्यक्रम गर्दै संस्थाकाे गतिविधिकाे सुरुवात गरेकाे हाे ।

प्रतिष्ठानको शनिवार गुगल मिट मार्फत एक कार्यक्रमको आयोजना गरि प्रतिष्ठानको सुरुवात गरिएको हो । अछाम जिल्लामा रहेका भाषा, कला, संस्कृती र पर्यटनमा टेवा पुर्याउने उद्देश्यले प्रतिष्ठानको स्थापना गरिएको अध्यक्ष कमल संघर्षले बताए ।

कार्यक्रमको सुरुवातमै प्रतिष्ठान र कार्यक्रमको उदेश्य माथि जानकारी दिदैँ अध्यक्ष संघर्षले भाषाको अस्तित्व जोगाउन, संस्कृतिको खोजतलास गर्न, साहित्य र साहित्य सिर्जनाकारहरूको पहिचान गर्न, पर्यटकिय सम्भावनाहरूलाई उजागर गर्न संस्थाले विभिन्न कामहरू गर्ने बताए । नौखुवा प्रतिष्ठान नेपाल ठुलो उद्देश्यका साथ अघि बढ्ने भन्दै अध्यक्ष संघर्षले आफ्ना भाषा, संस्कृति आफ्ना सम्पत्ति भएकोले पछिल्ला पुस्तासम्म पुस्तान्तरणका लागि काम गर्ने बताए ।

कार्यक्रमका बिशिष्ट अथिति पूर्ण रावलले अछामी भाषा संस्कृति मासिदै गएको हुँदा बेलैमा सचेत हुनुपर्ने कुरा बताए । उनले भने “रेडियो नेपालको स्थापनासँगै रेडियो नेपालले बोलेको भाषा नै हाम्रो भाषा हो भन्ने सबैलाई लागेकोले यो समस्या भएको हो । मौलिक भाषा र संस्कृतिमाथि अतिक्रमण हुँदै गयो । अन्नत: हाम्रो मौलिकता भनेको के हो भन्नेकुरा नै अन्नयौलको विषय बन्दै गएको छ ।“

उनले अगाडि भने अछामी भाषा व्याकरणमा भएका विवाद र अन्यौलहरूको सबै अछामी विज्ञहरूले तथ्यगत रूपमा व्यापक छलफल र बहसबाट मानक खोज्नु पर्दछ । भाषा जस्तो संवेदनशील विषयमा हेलचेक्र्याई गर्न नहुने उनको अडान थियो । कार्यक्रममा मार्फत संस्थाकाे वेवसाइट www.naukhuwa.org.np पनि सार्वजनिक गरिएकाे छ । जुन अछामी भाषाकाे पहिलाे वेवसाइट हाे ।

यस्तै कार्यक्रमका अर्का बिशिष्ट अथिति डा. खगेन्द्र घोडासैनीले अछामी भाषाका बिषयमा सहभागीलाई जानकारी गराउदैँ अछामी, नेपाली र हिन्दी भाषा संगै उत्पती भएको उल्लेख गरे । अछामी भाष आफैमा छुट्टै भाषा नभएको भन्दैँ डाक्टर घोडासैनीले यो नेपाली भाषा जस्तै भएको बताए । अछाम जिल्लाको नामाकरणको ईतिहासको बारेमा समेत उनले जानकारी गराएका थिए ।

कार्यक्रममा अछाम साहित्य प्रष्ठिानका अध्यक्ष लालजंग भण्डारीले आफु अछामी भाषा, कला संस्कृतीको रहडी मान्छे भया पन आफुले ६७ साल तिर सुरुवात गर्दा पनि साथ नपाएको दुखेसो गरे । आज भएको यो बहस त्यो बेला नै बहुत प्रयास गर्दा पनि नभएको उनले बताए ।

अछामको भाषा साहित्यलाई नै अगाडी बढाउन तत्कालिन समयमा ब्यान्तारो साहित्य पत्रिकाको सुरुवात गरेको स्मरण गरे । अछामी भाषा, कला र साहित्य अझै पनि अध्यारो अवस्थामा रहेका बेला नौखुवा मार्फत पक्कै पनि केही काम हुने उनले आशा व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेस अछामका नेता तथा उद्योग वाणिज्य संघ अछामका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढुंगानाले नौखुवा आफैमा अछामको ईतिहास र नाम संग जोडिन गएको बिषय बस्तु भएकाले यसको सुरुवात राम्रो भएको र अछामी हु भन्नका लागि गर्व गर्ने कार्यक्रम भएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका पूर्व सदस्य पुष्पराज भटट्ले जुनसुकै ठाँउमा अछामका नागरिक भएपनि अछामी भाषा बोल्नु पर्ने र यसलाई जोगाई राख्न सबै लाग्नु पर्नेमा जोड दिए । नौखुवा प्रतिष्ठान नेपाल अछाम आफैमा अछामको पहिचान भएकाले यसले राम्रो काम गर्न आग्रह गरे ।

अछाम गजल मञ्चका पूर्व अध्यक्ष तारा प्रसाद पाण्डेले नौखुवाको सुरुवात एकदमै राम्रो भएको भन्दै सम्भावना यसले भाषा, संस्कृती लगायतका क्षेत्रमा राम्रो का मगर्ने भएकाले आफुले पनि राम्रो कामका लागि सधँ साथ दिने बताए ।

कार्यक्रममा अध्यक्ष कमल संघर्ष, नविन चिराग, राम अबिरल बिष्ट, बिद्युत्मा रैका, मिलन मधुमासी, शिब खनाल, एकेन्द्र खड्का अछामीले आफ्ना अछामी भाषाका रचना सुनाएका थिए । प्रतिष्ठानका सदस्य तपेन्द्र घोडासैनीले स्वागत गरेका कार्यक्रमको संचालन सचिव पूर्ण बहादुर खड्काले गरेका थिए ।

जनगणनामा मातृभाषा अछामी लेख्न प्रतिष्ठानको जिल्लाबासीलाई अनुरोध ।

नौखुवा प्रतिष्ठान नेपाल अछामले अछामी भाषालाई स्थापित गर्न यसपटकको जनगणनामा समेत मातृ भाषा अछामी भाषा लेख्न अछाम बासीलाई आग्रह गरेको छ ।

प्रतिष्ठानले अछामी भाषालाई पहिलो भाषका रुपमा गणनामा लेख्न र दोश्रो भाषामा मात्रै नेपाली लेख्न आग्रह गरेको हो ।
अछामको भाषालाई जर्गेना गर्न र यसको संरक्षण गर्न सबै तह तप्का बाट पहल र प्रयास हुनुपर्ने भएकाले यसपटक गणनामा समेत अछामी भाषलाई मातृ भाषा लेख्नु पर्ने अध्यक्ष संघर्षले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *