होईन अब त चुनाव हुने नै भएछ – हरिलाल भट्टराई

होईन अब त चुनाव हुने नै भएछ – हरिलाल भट्टराई

गएकाे बर्खा देशका कयौं बस्तिमा बाढी पस्यो
सयौं जनताकाे पेट कयौं दिन भोकै बस्यो
पोहोर देशमा कोरोना आयो
त्यही साल सलहले पुरै बाली खायो
छिमेकीको सरणमै परेर पिठो पैचो मागेको
त्यही तिर्न नसकेरै कति हो कति रिण लागेको

फृरि यतिबेला गठबन्धनको गठजोड नै नमिलाई
छट्टुकाकाकी छोरी, बिकासेबाको सालो केटो
र कटकप्रसाद बाजेकी श्रीमतीले चुनाव जित्ने सुनिश्चित नहुदै
पत्रीकाका शीर्षक, रेडियो र टेलिभिजनका समाचारले
अब चुनाव आयो भन्दा चैत-बैशाखको धुपमा चुनाव होला र भनेर पत्त्यारै लागेन

तर,
टिभी र मंचमै पनि आफै सारथिसङ्ग समेत कड्किने कडकप्रसाद बाजेले
बन्दकोठामा समेत कड्किन छोडिसके रे
बिकाशेबा मा थरिथरिका बिकाशे टुक्का फुर्न थालिसके रे
छट्टुलाल काकाले अस्पतालको सैयामै पुगेर पुर्वलडाकु घाईतेहरु भेटिसके
घाइउतेको उपाचार र राहतका लागि सरकारको ध्यानाकर्षण नै गराई सके
मानकाकाले चर्को स्वरमा भनिसके हामिले दिएको बृधभत्ता हामी नै बढाउनछौ
कुन कुर्चिमा को बस्ने भन्नेमा बोली बन्द गरेका छन्चरे र आईते ले हिजो अङ्गालो मारेको यिनै अँखाले देखेको।
बैध्य बाजेले बाकस फोड्ने तालिम दिन सुरुगरिसके भन्ने समाचार पत्रीकामै लेखिएकोछ।
त्यसैले, मलाई नि लाग्यो
होईन अब त चुनाव हुने नै भएछ।

शहरमा चन्दा बटुलेर गुजारा चलाउने चङ्खेहरु समेत
गाउगाउमा बुढापाकाहरुलाई पैसा बाड्न थालिसके।
गैरिखेतको कुलो, गाउखोलाको पुल
गाउमाथिको जङ्गलको जडिबुटी, खेतबारीको तरकारी सबै सबैले मन्च पाउन थालिसके
जनताले आसा पालिसके
त्यसैले, मलाई नि लाग्यो
होईन अब त चुनाव हुने नै भएछ

शहरका भुस्तृङ्रेहरु गाउँ छिरिसके
व्यापारीहरु मुखियाहरुका दैलो-दैलोमा देउसी खेल्न थालिसके।
शिक्षकहरु राजिनामा दिन थालिसके, लुकाएर ओडेको पार्टिको झन्डा देखाएरै ओड्न थालिसके।
छोटा-छोटा पहिरनमा चलचित्रका पर्दामा देखिने नायक/नायिकाहरु
दौरासुरुवाल/सारीले ढकमक्क भएर पार्टिका गितहरुमा नाच्न थालेका छन
त्यसैले, मलाई नि लाग्यो
होईन अब त चुनाव हुने नै भएछ।

पोहोरसाल कोरोना करहमा महाकाली पारीका जनता वारि आउनै दिएनन।
अचेल नजिकको डिल्ली होईन उता टाढाको बेङ्लोरमा नि गाडी पुगेका छन
बाटो खर्च सहित सित्तैमा घर पुर्याईदिन भनेर
त्यसैले, म ढुक्क भए अब त चुनाव हुने नै भएछ।

गए माघमा पल्लाघरे भाउजू, सुत्केरी हुननसक्दा
अस्पताल पुर्याउन स्टेचर बोकिदिन मान्छे नि नपाएर स्वर्गबास भइन
तर अस्ति तल्लाघरे बजैको भैंसी ब्याउदा मान्छेहरु भैसिको अवस्था बुझ्न समेत पुगिसके रे
भनिरहेका छन् रे भैसिको पनि बिमा गराईदिन्छौ…..

सधै फुस्रा ओठहरुको मात्र स्पर्श गर्न पाएका
गाउले भट्टिका पुराना गिलासहरु
हिजो आज सहरका सुकिला मान्छेहरुले स्पर्श गरिरहेका छन्
साझपख गाउका रक्सिभट्टिहरू समेत भरिभराउ हुनथालिसके
लोकल कुखुरा र खसिहरुको भाउ आकाश छुने भैगो
रागा र हासहरु समेत कतिबेला कता ढाल्छन भन्दै आत्तिन थालिसके
यो देख्दा लाग्यो
होईन अब त चुनाव हुने नै भएछ।

अघिल्लो चोटि उपमेयरको घुम्ने चुर्चीमा बस्न खोज्दा बेस्सरी लडेपछि
छोराछोरी पढाउन भनी सहर पसेकि पल्लाघरे भाउजू गाउँ फर्किसकिन
छोराछोरी गाउकै सरकारी स्कुल भर्ना गरिसकिन
र भन्दैछिन रे हामी गर्छौ शिक्षाका क्रान्ति
यति देखेसी मलाई नि लाग्यो
अब त चुनाव हुने नै भएछ।

हिजो बाटोमा जन्तरे सङ भेट भो
नमस्ते गर्दा नमस्ते नफर्काउने उसले
गर्ल्याम्मै अङ्गालै मारेर मेरो पेट छाम्दै भन्यो
तिमिलाई त भोक लागेछ क्या हो ?
भन, के खान्छौ?
चिकेन चिउरा कि मटन
र मलाई लाग्यो,
अब त चुनाव हुने नै भएछ।।

हरिलाल भट्टराई
थलारा, ०६ बझाङ, हाल जर्मनी

Leave a Reply