कालोबजारी

कालोबजारी

कालोबजारी

उस्का ब्यापार धेरै छन् ।

समाजमा ऊ सफल ब्यापारी कहलियो ।

मानबता बेच्यो,

र अलीकति ईज्जत किन्यो !

अनी भन्छ~

ईमान्दारिताले मलाई सफल बनायो ।

राष्ट्रिय बिपत्ति होस् वा नाकाबन्दी !

आर्थिक संकट होस् वा महामारी !

उस्का लागि कमाउने सिजनहरु हुन् ।

उस्को पसलमा-

बजार मुल्यमा केही पाइदैन !

फेरी, दोब्बर मुल्यमा सबैथोक पाईन्छ ।

किनभने,

सफल ब्यापारीमा उस्को नाम छ !

मुल्यको आफ्नै ठाउँ छ ।

अनी भन्छ~

नेपालमा ब्यापार गर्न सजिलो छ ।

कृतिम अभाब सृजना गर्यो ।

मास्कको मुल्य बढायो ।

ग्याँसको मुल्य बढायो ।

खाद्यान्नको मुल्य बढायो ।

र किन्यो ढुँगाको मुटु !

अनी भन्छ~

पैसा कमाउन मुटु चाहिन्छ, मुटु ।

सीप र श्रम छोडेर,

चाकडी र चाप्लुसीमा लाग्यो !

धेरैजसो योजना, उस्कै नाममा पार्यो ।

नियम र कानुनपनी उस्कै पछि हिड्छ !

गरिबको पसिना बेचेर सरकार पनी किन्छ ।

र भन्छ~

नेपालमा महँगी छैन ।

कालोबजारी भनौंभने, कानुनले देख्दैन ।

ठगी भनौंभने प्रशासनले छेक्दैन ।

न्यायालय जाउँ, प्रमाण चाहियो रे !

अब म प्रमाण खोजौं कि

परिवारको प्राण बचाउँ ?

  • विवेक धिमाल
    बिराटनगर

Leave a Reply

Your email address will not be published. Required fields are marked *