यी पुराना सिपाही ९० वर्षका भए । खै के भन्ने ? अझै दैनिक १६ बोतल र’क्सी खान्छन् ।

यी पुराना सिपाही ९० वर्षका भए । खै के भन्ने ? अझै दैनिक १६ बोतल र’क्सी खान्छन् ।

तिवारीले चौथो बो तल खोलेर पि’उन सुरु गरे । भित्रबाट भान्छा तयार भएको खबर उनकी छोरीले ल्याइन् । रतनले खाना भित्रै बसेर खाने प्र बन्ध गरे । तिवारीले भने, ‘हुन्छ, हुन्छ । यहाँ मच्छड लाग्छ । खाना भित्रै बसेर खाऔं । म बाँकी र’क्सी खानासँगै खान्छु ।’ उनी गिलास र बाँकी र’क्सीको बो’तल लिएर उठे । मैले उनका गोडाका चाललाई गौरसँग हेरें । अहँ, उनी एक रती डगमगाएका थिएनन् । भित्री कोठामा खाना खाने टेबुल मेचको व्यवस्था थियो । म र रतनजी मेचमा बस्यौं । छोरीले खाना पस्केर ल्याइन् । तिवारी दाइले छोरालाई भने, ‘तैंले ल्याएका दुइटा बोतल यता कुनामा राख् ! अहिले मलाई खाना हैन, कचौरामा मासु राखेर ले ! म यता बेन्चमा बसेर खान्छु । लौ, लौ भाइहरू खाना खानोस् ।’ हामी खाना खान थाल्यौं । तिवारीले भने, ‘म बिस मिनेटमा यी बाँकी दुई बोतल सक्छु । मलाई पनि खाना पस्केर यही बेन्चमा राखिदेओ ! तिमीहरू पनि खान थाल !
खाना सकेर रतन र म बाहिर निस्क्यौं । बाँकी रक्सी र खाना सकेर तिवारी पनि बाहिर आए । हामी पिँडीकै गुन्द्रीमा बसेका थियौं । उनी पनि हामीसँगै बसे । मैले सोधें, ‘हैन दाजु ! यस्तो अचाक्ली र’क्सीले केही बे’फाइदा गरेको छैन तपाईंलाई ? उनी चुरोट झिकेर सल्काउन थाले । म फेरि झस्कें, ‘हैन, चुरोट पनि खानुहुँदो रहेछ ⁄’ नानीदेखिको बानी प¥यो । छोड्न सकिएन, खान्छु’ उनी हाँसे ! ‘यसले पनि केही अ’सर गरेको छैन त ?’ ‘अहँ छैन । रक्सी र चु’रोटको लत जागिरे वेलादेखिकै हो । गोर्खा पल्टनको खास ड्युटी हुन्न । त्यस्तै समारोहमा बाहेक अरू वेला छुट हुन्छ । ब्यारेकमै परिवारसहित बस्न पनि मिल्छ । मेरा छोराछोरी गरी नौ जना उतै जन्मेका हुन्’ उनले भने । मलाई फेरि उदेक लाग्यो ‘बाफ रे बाफ नौ जना ?’ ‘हो त । मेरो पहिलो विवाह सन् १९४९ मा भएको हो । पछि उनी बितिन् । सन् १९६४ मा दोस्रो विवाह गरें । यिनै हुन्, देखिहाल्नुभो । यिनको नाम नन्ददेवी हो’ तिवारीले आफ्नो परिवारको परिचय दिन सुरु गरे । ‘हजुरलाई त तिथिमितिसम्म सम्झना रहेछ । कस्तो अचम्म !’ ‘ल भाइ ! दुइटी छोरीको त दिन, महिना सबै याद छ । भनूँ ?’ ‘हुन्छ, भन्नोस् ! अलि बिस्तारै भन्नोस् । म लेख्तै छु ।’


‘ल लेख्नोस् ! जेठी छोरी– शशीकला– १९६५ अगस्ट १५, दोस्री छोरी– ममता– १९६७ जुलाई १२, तेस्री छोरी– बबीकला– १९६९, दिन, महिना बिर्सें ।, चौथी छोरी– रेणु– १९७२, पाँचौं छोरी– सीता– १९७५, छैटौं छोरी छिटै बि’तिन् । त्यसपछिका भुराको मिति अहिले सम्झिन्नँ । कति मात्र सम्झिनु ? नाम मात्र लेख्नोस् ! सातौं छोरो– सन्तोष, यहीँ छ । आठौं छोरी र छोरा जुम्ल्याहा जन्मे । छोरीलाई बचाउन सकिएन । छोरो प्रदीप यही हो । जेठी र माहिली छोरीको विवाह भयो । एउटी गोर्खामा छिन् । अर्की लमहीमा बस्छिन् । जेठो छोरो सन्तोषको पनि प्युठानकी अनितासँग विवाह भयो नवौं छोरी सीमा । अहिले हामीलाई खाना खुवाउने उनै हुन् । कान्छो छोरो प्रदीप र सीमा छोरीको विवाह गर्न बाँकी छ ।’ तिवारी दाजु ! तपाईं त मलाई अद्भुत लाग्दै हुनुहुन्छ । म लेखक पनि हुँ दाजु ! म यो कहानी लेखेर पुस्तकमा छाप्न सक्छु कि सक्दिनँ ?’ मैले सोधें ।


‘आरामले सक्नुहुन्छ । मैले मेरो जीवनलाई कहानी बनाएको होइन । यो आफैं बन्यो । किन बन्यो ? त्यसको कारण पनि मलाई थाहा छैन । ठीकै छ, म छोटकरीमा भन्छु । किताबै बनाउनुभयो भने यो तपाईको अद्भुत तिवारीको पनि इतिहास बन्ने भयो ।’ उनी मुसुक्क हाँसे । ‘हो दाजु ! आज तपाईं र मेरो यो भेट पनि कम रहस्यमय छैन । किन भेट भयो त ? त्यसको कारण मलाई पनि थाहा छैन । रतन पाण्डेको टेलिफोन नम्बर मलाई हिजो मात्र हरिभक्त उपाध्यायले दिनुभो । रतनजीसँग टेलिफोनमा कुरा भयो । काम विशेषले म चितवनमा थिएँ । अघि भरखरै रतनजी र मेरो भेट र परिचय काकाकाँटेमा भयो । यो कस्तो संयोग हो ? फेरि, रतनजीसँग भेट गर्नुपर्ने कारण नितान्त भिन्न छ । तर, वास बस्न म तपाईं मानबहादुर तिवारीको घरमा आइपुगें ! वाह ! कस्तो विस्मय ? रतनजीको तपाईं भिनाजु हुनुहुँदो रहेछ । तपाईंको व्यक्तित्वसँग म प्रभावित भएँ । यो सामान्य विषय होइन । खै के तारतम्य हो ?’

तिवारीसँग निरन्तर वार्ता चल्यो । मलाई विश्वासै लागेको थिएन । त्यति धेरै रक्सी खाएपछि पनि उनले मसँग यसरी कुराकानी गर्लान् भनेर । उनको बोली कत्ति पनि लरबराएको थिएन । उनमा बुढ्यौलीको असरकसरसम्म मैले देखिनँ । मलाई उनी साँच्चै अद्भुत लागे । उनको बाँकी इतिवृत्त सुन्न मन लाग्यो । कथाको प्रसङ्ग बन्दीपुरमा भारी बिसाएपछि रोकिएको थियो ।


०००००
ती अद्भुत तिवारीसँग कुराकानी चलिरहेकै थियो । मैले भनें, ‘तिवारी दाइ ! तपाईंलाई बाबाआमाले बन्दीपुरमा ल्याउनुभएको थियो । त्यो वेला तपाईं पाँच वर्षको हुनुहुन्थ्यो । त्यसपछि के भो ?’ उनले झिर्र सलाई कोरे । अर्को चुरोट सल्काए । स्वाँक्क लामो सर्को तानेर ख्वाक्क खोके । तर, त्यो रोटको धुवाँ मात्र हो भन्ने बुझें । बुढ्यौली खोकी भए खोकाइ अर्कै हुन्थ्यो । सामान्य भएर भने– भाइ, बन्दीपुरका ती घटना सम्झिँदा दुख्ख लाग्छ । त्यहाँ हाम्रा आफन्त कोही थिएनन् । कुन द्देश्यले बाबाले हामीलाई त्यहाँ ल्याउनुभएको थियो ? त्यो पनि जानिएन । एक जना नेवार दाइको पुरानो घरको छिँडीमा डेरा भेटिएको थियो । दुई वटा कवल थिए । घरभेटीले एउटा फाटेको सुकुल दिए । त्यसैमाथि हाम्रा थोत्रा कपडा बिछ्याएर बस्यौं । भित्री कवलमा आमाले चुलो बनाउनुभो । खाने सामलमा चार माना जति चामल र एक पोको पिठो थियो । तिउनको लागि एक पोको गुन्द्रुक मात्र थियो । भोलिपल्टदेखि बाबाले ज्याला मजदुरीको काम सुरु गर्नुभो । आमा, बहिनी र म त्यहीँ बस्यौं । मेरो चकचके उमेर थियो । दुई दिनदेखिको हिँडाइ । त्यसको असरले गोडा सुन्निएका थिए । सोइलो रोपिएको पैतालाको घाउ टन्केको थियो । आमाले अलिकति तेल तताउनुभो । बाहिर घाममा लगेर पैतालाको घाउमा तातो तेल हालिदिनुभो । चसचसी पोल्यो । पटपटी फुटेका गोडामा पनि त्यही तेल दलदाल पारिदिनुभो ।


म त्यही घरको पेटीमा ढुङ्गामाथि बसेको थिएँ । भुइँमा बिछ्याउने चकटी पनि थिएन हामीसँग । अलिपर बाटोमा मेरै उमेरका तीन चार जना केटा कपडाको भकुन्डोले हानाहान गर्दै थिए । मेरा आँखा तिनैका खेलतिर थिए । सानी बैनीले आमालाई के कुरामा हो, पिराई । उसलाई लिएर आमा घरभित्र पस्नुभो । म एक्लै परें । मेरै उमेरको एक जना भुरो भकुन्डो हातमा लिएर दगुर्दै म भएतिर आयो । मेरो टाउकैमा ताकेर त्यो भकुन्डोले हान्यो । मेरो कन्चटमा लाग्यो । म रनथनिएर त्यहीँ पुक्लुक्क ढलें । अत्तालिएर रोएँ । भुइँको भकुन्डो टिपेर त्यो ठिटो उसकै साथी भएतिर दगु¥यो ।


अकस्मात् म रोएको सुनेर बैनीलाई च्यापिच्यापी आमा हतारिँदै आउनुभो । तँलाई के भयो ? भनेर सोध्नुभो । मैले, ‘ऊ त्यसले मेरो टाउकोमा भकुन्डोले हान्यो !’ हातले तिनै भुरातिर इसारा गरें । मलाई भकुन्डो हान्ने त्यो केटोले त आफ्नो दौराको फेर उचालेर देखाउँदै त्यहाँबाट भाग्यो । त्यो दिन आमाका आँखाबाट तरक्क आँसु बगेको सम्झन्छु । उहाँले मेरो पाखुरामा समाएर भन्नुभो, ‘उठ्, यहाँ नबस् ⁄ अर्काको गाउँमा आएपछि त्यहाँका भुस्याहा कुकुरले पनि खेद्छन् भनेको यही हो । कसैसित अर्जी गरूँ भने यहाँ आपूmले चिनेजानेको कोही छैन । उठ् हिँड् ! भित्रै बस् !’


बन्दीपुर आएको दोस्रो दिनबाट नै त्यसले मलाई यातना दिन सुरुग¥यो । बाबाको पेसा उही ज्यालाबोनी । हाम्रो नियति त्यही चिसो छिँडीमा गुम्सिने । मेरो चञ्चले उमेर थियो । केही समयपछि आमाका आँखा छ लेर फुत्त बाहिरतिर निस्किन थालें । तर, त्यो केटोले मलाई जहाँ भेटे पनि पिट्थ्यो । भुत्ल्याउँथ्यो, लछारपछार पाथ्र्यो । त्यो कुरा आमालाई भन्न पनि सक्दिनथें । किनभने ‘किन बाहिर गइस् त ?’ भन्दै उल्टै उहाँले पिट्नुहुन्थ्यो । मानसिक स’कसले त्यो छिँडीमा म थिलथिलो भएँ ।
त्यो दिन गजबको घ टना भयो । कसरी भयो ? किन भयो ? अहिलेसम्म मैले त्यसको नि क्र्यौल गर्न सकिनँ । तिवारीजी उठेर शौचालयमा गए । मैले गालातिर उडेका लामखुट्टे धपाएँ । उनी आएर आफ्नै आसनमा बसे । मैले सोधें, ’अँ दाजु ! त्यो दिन अनौठो घ’टना के भयो ?‘ उनले अपत्यारिलो घ’टना सुनाए–


’त्यो गर्मीको समय थियो । बजारछेउमा पिपलको रूख थियो । आमाले बैनी र मलाई त्यसको सिँयालमा लिएर जानुभो । त्यहाँ चार पाँच जना भुरा चुरोट–बट्टाका पत्ती खेल्दै थिए । हामीलाई देखेपछि उनीहरू पिठिउँ फर्काएर खेल्न थाले । मलाई कुट्ने केटो पनि त्यही खेलमा सामेल थियो । तीसँग हाम्रो सरोकार भएन । एक घण्टाजति समय बितेको थियो होला । एक्कासि आमा डराउँदै चिच्याउनुभो, ’ए माने ! तेरो टाउकोमाथि……. आब्बुई नि !‘ मेरो टाउकोलाई कुनै गह्रौं वस्तुले थिचेजस्तै लाग्यो । मैले गर्दन बटारेर कानतिर बा’ङ्गा आँखा लगाएँ । मेरो होसहवास गु’म भयो । हत्केलोभन्दा फराक फणा फुलाएको पाँच टाउके सर्प देखें । आमा आत्तिएर दगुर्नुभो । खेलिरहेका सबै भुरा कुलेलम ठोके । कताबाट हो कुन्नि, आमाले चिर्पट ल्याउनुभो । त्यो सर्पलाई तल खसाल्नुभो । दनादन त्यही चिर्पटले हान्नुभो । आमा रोकिँदै रोकिनुभएन । सर्प म¥यो । हेर्ने तमासेले घेरे । सबै आत्तिएका थिए । सात हात लामो त्यो सर्पको मो’टाइ मेरो ति’घ्रोभन्दा ठूलो थियो । भेला भएका मानिस कराए, ’कहाँबाट आयो यति ठूलो स र्प ?‘ ’यो सर्प होइन । महानाग हो । यसलाई मा र्न हुँदैनथ्यो । नागले अब के के द शा गर्ने हो ?‘

’यो के आसर्जे हो ! बन्दीपुरमा अब विघ्न पर्छ है !‘ त्यहाँ हा’हाकार नै भयो । म रेको स र्प दुई जनाले पनि घि’सार्न सकेनन् । तीन चार जना भएर त्यसलाई ताने । पर वनको छेउमा ल गेर गा डे । त्यो घ’टनापछि आमा निद्रामा क राउन थाल्नुभो । म पनि निद्रामा झस्किन्थें । कुनै रात त्यही स र्पले मेरो जिउ फनफनी बेरेको सपना देख्थें । म एक्लै सुत्न नसक्ने भएँ । बाबाको खोकिलामा टाउको घुसारेर निदाउन खोज्थें । निद्रा लाग्दैनथ्यो । जिउ डग डग का म्थ्यो । त्यही सर्प दे’ख्थें । कुनै रात त्यसले मलाई खे द्थ्यो । कुनै रात ठूलो मुख बाएर नि ल्न आउँथ्यो । निकै रातसम्म यस्तै सपना देखें । पछि बाबाले एक जना झारफुकेलाई ल्याउनुभो । उसले मेरो अनुहारमा पानी छ्यापेर सातो बोलाएको सम्झन्छु । त्यस्तै दुई महिना बितेको थियो होला । बर्खा सुरु भयो । लगातार झरी पर्न थाल्यो । चिसोले हो या केले, बहिनीलाई छे रुवा लाग्यो । तीन चार दिन ओखती र झारफुक गर्दा पनि उसको पेट थामिएन । केही दिनपछि उठ्नै नसक्ने भई । सुकेर हाडछाला मात्र शरीरमा बाँकी थियो । अचानक बहिनी म री । बैनी बि तेपछि आमा धेरै चि न्तित हुनुहुन्थ्यो । एक्लै रोइरहनुहुन्थ्यो । अहिले सम्झन्छु, बाबालाई रोएर बस्ने पनि फुर्सद थिएन होला । यो संसार विचित्र छ भाइ ! कसैलाई दुः खमा रुने पनि फुर्सद हुन्न । मेरा बाबाको नि यति त्यस्तै थियो ।


मानिस रुन्छ । हाँस्छ, खेल्छ तैपनि समय त बितिहाल्छ । मनका बहलाई पनि यसैले सिउँछ । मलमपट्टी लगाउँछ । बहिनीको सम्झनालाई पनि यसैले खाटा बसाल्यो । साउन सकिएर भदौ महिना सुरु भयो । कोदो रोप्ने समय थियो । बाबाले आमालाई पनि कोदो रोप्ने काममा हिँडाउनुभयो । म त्यो छिँडीमा एक्लै बस्न डराउँथें । बाहिर निस्कूँ भने तिनै भुराले पिटेर थिलथिलो बनाउँथे । यो अवस्था बुझेरै होला, आमाले मलाई पनि मेलामा साथै लिएर जान थाल्नुभो । मेलामा दिउँसो मकै भटमासको खाजा दिन्थे । अलिकता साँधेको गुन्द्रुक दुनामा राखिदिन्थे । सबै खेतालालाई दिइसकेपछि मतिर हेर्दै ती बूढी झ’र्किन्थिन्, ‘खाजा खान त काम गर्नुपर्छ । खाजा त खेतालालाई पानी खाने मेलोसम्म हो । तिनका जहानकै पेट भर्न कहाँ सकिन्छ ?’ तैपनि दुई मुठी ठेट्ना मकै दिन्थिन् । उनको घुर्कीलाई मनले सहन्नथ्यो । पेटको लागि खप्न पथ्र्यो । दौराको फेर थाप्न म वि वश थिएँ । गुन्द्रुकको भाग मलाई मिल्दैनथ्यो । आमाले खाइसकेको दुनो टिपेर म चा’ट्थें । कोदो रोप्ने मेलो पनि फरकफरक थियो । कहिले कसैको, कहिले कसैको । दस बाह्र दिन बितेको थियो होला आमालाई छेराउटी लाग्यो । तारन्तार दिसा लागेर काममा निस्किनै सक्नुभएन । चिसोले भेट्यो भनेर बाबाले ज्वानोको झोल बनाएर खान दिनुभो । कुन्नि के के ओखती पनि खोजेर खान दिनुहुन्थ्यो । आमाको दिसा रोकिएन । दुई महिनाअघि मात्र यस्तै बेथाले बैनी म’रेकी थिइन् ।


बाबालाई डर लाग्यो होला । दुई दिन ज्याला गर्न पनि जानुभएन । पसलतिर गएर औषधी किनेर ल्याउनुभो । औषधी खुवाउँदा पनि आमालाई निको भएन । झन् शिथिल बन्नुभो । उहाँलाई सुतेको ठाउँबाट उठ्न पनि गाह्रो हुँदै गयो । एकदिन झिसमिसेमै निद्रा खुल्यो । जुरुक्क उठें । पिसापले च्यापेको थियो । दगुर्दै बाहिर गएँ । फेरि फर्केर घरभित्र पस्दा पनि मेरा आँखामा निद्राकै असर थियो । आँखा माड्दै म ओछ्यानतिर पुगें । बाबा कुनापट्टि काठको ठेउकामा टुस्स बस्नुभएको देखें । उहाँले आफ्ना दुवै हातले घुँडालाई बेरेर त्यसैमाथि निधार घुसार्नुभएको थियो । मैले आँखा घुमाएर चारैतिर हेरें । आमालाई कतै पनि देखिनँ । म बिस्तारै बाबाको छेउमा गएँ । दाहिने हात उहाँको कुममा राखेर सोधें, ‘बा, बा ! आमा खोइ ?’ उहाँको निधार बिस्तारै उठ्यो । गर्दन घुमाएर मतिर हेर्नुभो । उहाँको अनुहार देख्दा मलाई ड’र लाग्यो । राताराता आँखाबाट भ’लभल आँसु बगिरहेका थिए । उहाँले एक्कासि मलाई आफ्नो अँगालोमा कस्नुभो । मेरो कपालभरि अनुहार दल्नुभो । अनौठो, धोद्रो आवाज सुनें मैले, ‘माने, अब तेरी आमा छैनन् ! छैनन् माने ! अब तेरी आमा छैनन् ! यो बन्दीपुरको चिहानले दुई महिनाभित्रै तेरी बैनी र आमालाई खायो माने ! अब मलाई आमा खोइ ? भनेर नसोध् है तँ !’ बाबा डाँको छोडेर रुन थाल्नुभो । मेरो बालमनमा कस्तो प्र’भाव प¥यो कुन्नि, बाबाको साथमा म कति बेर रो’एँ, भन्न सक्दिनँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *