भम्र – सुभद्रा ढकाल

भम्र - सुभद्रा ढकाल

 प्रेम र विवाह जीवनका अलग अलग पाटा हुन् उसको दार्शनिक भनाई । मेरो प्रेमी राधा र कृष्णको उदाहरण दिन्छ । मुना र मदनको व्याख्या गर्छ प्रेम र विवाहको तर्क दिन्छ । म एकोहोरो भएर सोचिरहन्छु भर्खर मात्र एकजोडी जिन्दगी पुतलीसडकतिर लाग्छन् । ऊ निरन्तर बोलिरहेछ म सुनिरहेछु सानोमा बाबाको मुखबाट रामायण सुनेजस्तै, उसले बोलिरहँदा मलाई लाग्यो म मनपर्ने समालोचक महेश पौडेलको उत्साहजनक क्लासमा छु । खुसी ठान्छु मेरो लेक्चर मेरो प्रेमी उसको भाषा म बुझ्दििन उसको आँखाको गहिराई पढ्छु । भर्खर मात्र डिल्लीबजार पीपलबोट हुँदै एउटा स्कुटी अनामानगरतिर लाग्यो । सोचे स्कुटीको विवशता जहाँ जान्छ मान्छे जसरी चलाउँछ उतै लाग्नुपर्ने मेरो विवशता जता उसको खुसी उतै रमाउँदै पठाउनुपर्ने । के खान्छौ ? म प्रश्न गर्छु ऊ केही बोल्दैन लुम्बिनीखाजा घरको दाईले खुबसँग हेर्नुभयो मलाई थाहा छ मैले भोलिपर्सि एक्लै भएको बेलामा उनको क’ठिन प्रश्नको उत्तर दिनुपर्नेछ यसपटक उसलाई केही नसोधी म दुईकप चिया मगाउँछु ।

फेसबुक खोल्छु बुद्धिसागरको नयाँ स्ट्याटस पोष्ट भएछ–मान्छेलाई चिन्नु ज्ञान हो भने मैले तँलाई चिने भन्नु अज्ञानता हो, यसपटक म जोगिए मैले उसलाई चिनेर पनि केही नभन्ने निर्णय गरेँ ।अस्तपतालको वा’र्डमा खुब रोएको बेला साथ दिएकी थिएँ उसलाई । तातो पानी खान्छौ, टाइममा औषधी खाउ, टाइममा खाना खाउ, तिम्रो सिरानी बिग्रिएछ म बनाइदिन्छु यो यस्तै हुन्थ्यो मेरो उप्रतिको माया । तर अ’पसोच ! उसले मलाई मृ’त्यको शैयामा ढलाएर गएको छ कहिल्यै निको नहुने खुसी हुने कुनै सम्भावना छैन यहाँभन्दा कति चिनौँ म उसलाई ? कुन्नि के हतारमा थिएँ एकदिन । कुर्था सरुवाल लगाएर सल ओड्नै भुलेछु । उसले भेट्ने बित्तिकै खुप गा ली गरेको थियो त्यतिबेला लागेको थियो ।‘मलाई माया त खुप गर्दो रहेछ ।न्युरोड पुगेर रातो सल किनिदिदा उसले संसार किनिदिएको जसरी म फुर्किएकी थिए, भनेकी थिएँ –तिमीले छोडेर गयौ भने आ’त्महत्या गर्ने काम लाग्छ ऊ खुप हाँसको थियो आज यर्थाथमा परिणत गरिदियो ।

दुईकप चिया टेवलमा आइपुग्यो अ’चानक उसलाई हेर्न पुगेछु अनायासै म भावुक बनिदियो उ पिसाप लागेको बाहना गरेर बाथरुमतिर लाग्यो मेरो आँखामा उर्लिएको कर्णाली रोक्ने प्रयासमा रहेँ । पिसाप फेरेर फर्कियो उसको शरीरमा आनन्द छ भयो कि आँखामा मैले जानिन उसको रसाएको आँखा ओभानो बनाइदिन मन लाग्यो उसको हेराइले शरीरको कमजोर अङ्गमा एकपटक पुनः चुम्बन ग¥यो । आँखा बर्षायाममा टल्पलाएको कोशी जस्तो लाग्छ । ‘के भयो ’गम्भीर भावले उसको आँखामा हेरेँ । कम बोल्ने उसको पहिल्यैदेखिको बानी हो जुन कहिल्यै परिवर्तन हुन सक्दैन उसको निर्णय जस्तै । उ केही बोल्दैन मानौ उसको आँखामा प्ीडाको महासागर उर्लिएर पनि मेरो अगाडि मरुभूमि देखाउन चाहन्छ । जति पटक कोसिस गर्दा पनि उसले आफूलाई लुकाउन सकेन । अस्ति जन्मदिनमा किनिदिएको सेतो सर्टमाथि तप्प आँसु खस्छ का’ला दा’गहरू जम्मा हुन्छन् । उ अझैपनि केही बोल्दैन मानौँ उ लाटो बहिरो र अन्धो हो । म जिस्काउने पारामा भनेँ ‘मलाई एउटा कुरामा सङ्का छ । ’ उसले जिज्ञासु आँखाले मतिर हे¥यो । भनेँ –‘तिमी कलेज हैन मन्टेश्वरी पढाउने टिचर हौ ।’ अलिकति नजिक स¥यो ब्यागबाट आइडीकार्ड झिकेर देखायो म नर्मस भएँ ।

ऊ मलाई हरेक कुराको प्रमाण देखाउन चाहान्छ विश्वास दिलाउन चाहन्छ र म सँगै सयौँ यात्रा सँगै गर्न चाहान्छ । ऊ मेरो प्रेमी हो मैले वर्षौदेखिको उसको मौनता बुझ्न सक्छु । भन्छ माया गर्दिन व्यवहार हेर्दा लाग्छ ऊ मविना कहिल्यै खुसी हुन सक्दैन । उ मलाई माया गर्देन भने यो विश्वास आँखाको आँसु र जुरे पहिरोमा अवरुद्ध अरनिको राजमार्ग जस्तो उसको अवरुद्ध आवाज के हो ? जीवन वि’रोधाभाष लाग्छ ।  हाँसे जस्तै गरी भन्न खोज्छ –‘मेरो विहे पक्का भयो ।’ ‘कार्ड कहिले पठाउँछौ निमन्त्रणको’ म आफूलाई सम्हाल्दै बोल्छु । यस पटक पनि उसको सर्टमा पीडा पोखिएको महसुस हुन्छ । उ केही बोल्दैन मानौँ उ ईश्वरको अर्को रूप हो । ‘तिमीले बोलाएपनि आउँदिन यसपटक पुन ः उसलाई सहज बनाउने पारामा भन्छु । अँ साँची दुहली कस्ती छिन् ? ‘थाहा छैन । ’ उ यति बोल्छ । ‘कसलाई थाहा छ ?’ ‘परिवारलाई ’ उसको परिवारप्रतिको विश्वास म बुझ्दिन सम्मान हो कि सम्झौता ? के चाहान्छ उसको परिवार छोराको खुसी कि उसको पीडा ? उसलाई दुखाउन चाहान्न चिया सकिन्छ म पैसातिरेर निस्कन खोज्छु । भन्छु बैबाहिक जीवनको कामना । उसको आँखाबाट बर्रर आँसु झर्छ मानौँ म उसको मृ’त्युको कामना गरिरहेछु । उसको हातले अचानक मेरो हात पक्रिन्छन्, म पुलिसको अगाडि परेको चो’रजस्तै हुन्छु उसको आँखाबाट झरेको आँसुले पैताला भिजेको सम्म पत्तो पाउँदिन भन्छु मलाई माफ गर हेप्पी म्यारिड लाइफ । अस्ति न्यूरोडमा सुट किन्न जाँदा खुब बार्गेनिङ गरेका थियौ र अन्तमा मलाई मन परेको कलर किनेर फर्किएका थियौ तर अपसोच ! हाम्रो परिवारले हाम्रो प्रेमको बार्गेनिङ ग¥यो । उसलाई सुहाउने उसको परिवारले रोजिदिए मैले उसलाई सुहाउने कपडा मात्र रोजिदिन पाएँ ।

जिन्दगीमा ऊ बेहुला भएको हेर्ने ठुलो रहर थियो तर यो जुनीमा सम्भव भएन । ‘अस्ति दशैँमा तिम्रो ममीलाई साडी किन्न जाँदा एउटा रातो साडी देखाउँदै भनेकी थिएँ –यो साडी सुहाउँछ तिम्री ममीलाई ‘तीमीले तत्कालै किनिदियौ ।’ तिम्रो ममीलाई सुहाउने साडी किनिदिने मान्छे आज छोराको लागि सुहाउन सकिन मनमा ठुलो धक्का लाग्यो । फेरि सम्झिए – महाबौद्धको सृङ्गार पसल अगाडि गएर एक पटक हामी उभिएका थियौँ । मैले भनेकी थिएँ –मेरो भाग्यमा सृङ्गार रहेनछ । तिमी अलिकति नर्मस भएका थियौ किन हो थाहा छैन । त्यो रातो चुरा तिम्रो ममीलाई रोजिदिदा म हजार पटक टुटेकी थिएँ । मन परेको छोराको मन नपरेकि प्रेमिकाले किनिदिएको त्यो सृङ्गारमाथि ममीको कुन ? प्रतिक्रिया थियो । तिमीले कहिल्यै बताउँन चाहेनौ मलाई कुन्नि किन हो सोध्न मन लागेन । सायद यो जुनीमा ऊसँग कहिल्यै भेट हुँदैन यदि भयो भने सोध्ने मन छ मेरो मुस्कानसँग तिम्रो के दु’स्मनी थियो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *