कर्णाली प्रदेशमा एमालेका ३ मन्त्रीले दिए राजीनामा

कर्णाली प्रदेशमा एमालेका ३ मन्त्रीले दिए राजीनामा

कर्णाली प्रदेशमा नेकपा एमालेका तीनैजना मन्त्रीले राजीनामा दिएका छन् ।  माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका एमालेका आर्थिक मामिला प्रकाश ज्वाला, सामाजिक विकास दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले मंगलबार संयुक्तरुपमा राजीनामा दिएका हुन् ।

राजीनामा दिएपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री प्रकाश ज्वालाले एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसलाको प्रभाव कर्णाली प्रदेश सरकारमा परेको बताए । संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो ।

यसअघि गत चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर माधव नेपाल समूहका सांसदहरुले आफूहरुले समर्थन फिर्ता नलिएको बताउँदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *