लोकतान्त्रिक निर्माण व्यवसायी संघ दैलेख जिल्लाको महासचिवमा शाही चयन

शुसिल भण्डारी
ज्येष्ठ २१, २०८२ १८:४४:१२ • ६२९ पटक पढिएको

दैलेख : लोकतान्त्रिक निर्माण व्यवसायी संघ दैलेख जिल्लाको प्रथम
भेलाबाट निर्माण व्यवसायी पुर्ण बहादुर शाही महासचिवमा चयन भएका छन् ।
बुधबार सम्पन्न भेलाले शाही लाई महासचिवमा चयन गरेको हो । एपि निर्माण सेवाका संचालक समेत रहेका शाही नेपाल तरुण दलको संगठन बिस्तारमा सक्रिय भएर लाग्दै आएका थिए ।
कर्णाली प्रदेश निर्माण व्यवसायी संघका संयोजक मोहन प्रकाश आचार्यको अध्यक्षतामा भएको भेलाका प्रमुख अतिथि नेपाली काङ्ग्रेस दैलेखका पार्टी सभापति मनिराम रेग्मी रहनु भएको थियो ।
सिफारिस