कपिल अन्जानकाे अध्यक्षमा हाम्रो पूर्णिमाको नयाँ कार्यसमिति

कपिल अन्जानकाे अध्यक्षमा हाम्रो पूर्णिमाको नयाँ कार्यसमिति

कोहलपुर : हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको अध्यक्षमा कपिल न्यौपाने (अञ्जान) चयन भएका छन ।

शनिबार कोहलपुरमा सम्पन्न प्रतिष्ठानको चौथो साधारणसभाले साहित्यकार तथा संचारकर्मी अन्जानको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो।

जसको उपाध्यक्षमा प्रदिप भट्टराई र सुमित्रा न्यौपाने, सचिवमा बद्री ढकाल, सह-सचिवमा खोपीराम ओली, कोषाध्यक्षमा प्रकाश मरासिनी तथा सदस्यहरुमा क्रमशः विक्रम शिशिर, मणि गैरे, हेम प्रकाश मंजील, बिमला कुमारी खत्री र निरञ्जना चन्द निर्वाचित भएका छन । दुई जना सदस्य कार्यसमितिले मनोनित गर्ने नवनिर्वाचित अध्यक्ष न्यौपानेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *