‘प्रसाद’ फिल्म युटुबमा, दर्शकले गरे विपिन र नम्रताकाे तारिफ – (हेर्नुहाेस फिल्म)

‘प्रसाद’ फिल्म युटुबमा, दर्शकले गरे विपिन र नम्रताकाे तारिफ – (हेर्नुहाेस फिल्म)

नायक विपिन कार्की र नायिका नम्रता श्रेष्ठकाे बेजाेड अभिनय रहेकाे चलचित्र ‘प्रसाद’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलेकाे छ । बिहीवार युटुबमा सार्वजनिक चलचित्र ‘प्रसाद’ नेपालको युटुब ट्रेन्डिङको ५ नम्बरमा रहेकाे छ ।

सार्वजनिक भएको २ दिनमै १० लाख बढी पटक हेरिएको यो चलचित्रमा ३३ हजार बढी लाइक र १.३ हजार डिसलाइक रहेकाे छ भने २.६ हजार बढि प्रतिक्रियाहरू रहेका छन । युटुबमा राखिएकाे चलचित्रमा गम्भिर सामाजिक विषयबस्तुकाे उठान गरिएकाे भन्दै कथावस्तु र अभिनय गर्ने पात्रकाे तारिफ गरिएकाे छ ।

चलचित्र हेरिसकेपछि युटुबमा धेरैले नायक विपिन कार्कीको अभिनय निकै उत्कृष्ट र जीवन्त रहेकाे प्रतिक्रिया दिएका छन्  । चलचित्रमा विपिन सहित नायिका नम्रता श्रेष्ठ र निश्चल बस्नेतको अभिनय रहेकाे छ । हेर्नुहाेस भिडियाे 

Leave a Reply

Your email address will not be published. Required fields are marked *