चुनाव हारेका ट्रम्प ‘व्हाइट हाउस’ नछाड्ने अडानमा, के हुन्छ अबकाे प्रक्रिया?

चुनाव हारेका ट्रम्प ‘व्हाइट हाउस’ नछाड्ने अडानमा, के हुन्छ अबकाे प्रक्रिया?

काठमाडौँ : विश्वको शक्तिमान राष्ट्र अमेरिकामा ४६ औँ राष्ट्रपतिको निर्वाचन सम्पन्न भएको छ। निर्वाचनमा जो बाइडन नयाँ राष्ट्रपतिका रुपमा निर्वाचित भएका छन्। उनले आफ्ना प्रतिद्वन्दी कार्यवहाक राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराएका हुन्।

दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचनमा होमिएका ट्रम्पले हार बेहोरेका छन्। जनताको मतले हार बेहोरे पनि उनले स्वीकार गरिरहेका छैनन्। उनले आफू पराजीत नभएको भन्दै राष्ट्रपति भवन व्हाइट हाउस नछाड्ने प्रतिक्रिया दिँदै आएका छन्।

यदि, ट्रम्पले व्हाइट हाउस छाड्न मानेनन् भने अमेरिकामा २२० वर्षअघिको घटना दोहोरिने चर्चा सुरु भएको छ। सन् १८०० को निर्वाचनमा पराजीत भएका तत्कालीन राष्ट्रपति जोन एडम्सले व्हाइट हाउस छाड्न नमान्दा ठूलो समस्या उत्पन्न भएको थियो। अमेरिकाको इतिहासमा एडम्सले निर्वाचित दोस्रो राष्ट्रपति तथा पहिलो उपराष्ट्रपति नाम लेखाएका थिए। उनैले दोस्रोपटक राष्ट्रपति निर्वाचनमा पराजीत भएसँगै विजयी प्रतिद्वन्दी थोमस जेफ्फरसनलाई व्हाइट हाउस छाड्न मानेका थिएनन्।

थोमसलाई राष्ट्रपतिमा अस्वीकार गरेका एडम्स २० जनवरीमा हुने राष्ट्रपतिको शपथ ग्रहण समारोहमा उपस्थित भएनन्। उनको आदेशमा व्हाइट हाउसका कर्मचारीसमेत समारोहमा उपस्थित भएनन्। पछि यो ठूला समस्या बनेको थियो। यदि, ट्रम्पले भनेको जस्तै आफूले व्हाइट हाउस नछाड्ने भए के हुन्छ?

१, राष्ट्रपतिको सुरक्षाका लागि छुट्याइएको सिक्रेट सर्विसले ट्रम्पसहित नवनिर्वाचित राष्ट्रपति बाइडेनको सुरक्षामा विभाजित हुनेछ।
२, अमेरिकाको एक सुरक्षा निकाय सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए)ले ट्रम्प र बाइडेन दुवैको ब्रिफिङ्ग सुरू गर्न सक्दछ।
३, व्हाइट हाउसका कर्मचारी आफ्ना नयाँ राष्ट्रपतिका अनुसार काम सुरु गर्न सक्दछन्।
४, २० जनवरीमा व्हाइट हाउसका कर्मचारीहरुले पुरानो राष्ट्रपतिको सामानहरु बाहिर पठाएर नयाँ राष्ट्रपतिको सामान कसैको अनुमतिबिना राख्न सक्दछन्।
५, जनवरीदेखि ट्रम्पको तलबबाट व्हाइट हाउसको भाडा कटाउन बन्द हुनेछ।
६, जनवरीदेखि बाइडेनले राष्ट्रपतिको तलब पाउनेछन्। यस्तै, व्हाइट हाउसको भाडा उनको तलबबाट काटाउन सुरु हुनेछ।
७, २० जनवरीदेखि मेलानिया ट्रम्प व्हाइट हाउस प्रथम महिलाबाट हट्ने छिन् भने स्टाफ डा जिल बाइडेन प्रथम महिला बन्ने छिन्।
८, २० जनवरीदेखि राष्ट्रपतिको सबै अफिसियल काम ट्रम्पको साथबाट हट्ने छ।
९, राष्ट्रपतिका लागि तैनाथ सबै सुरक्षा निकाय ट्रम्पभन्दा बाइडनको सुरक्षामा खटिने गर्दछन्।
१०, इजाजतबिना बाइडेनको ब्लड स्याम्पल संकलन गरिनेछ। यो प्रवृति २ सय वर्षदेखि सुरु भएको हो। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *