बुसानमा होलि कार्यक्रमको सम्पुर्ण तयारी पुरा

बुसानमा होलि कार्यक्रमको सम्पुर्ण तयारी पुरा

यहि मिति 2024-03-24 तारिख आइतबारका दिन दक्षिण कोरियाको बुसान मा रहेको सासाङ पार्कमा आयोजना गरियको बुसान होलि -2024 कार्यक्रम को सम्पुर्ण तयारी  पुरा भएको छ ।

प्रबासी नेपाली महिला समूह, सुदूरपश्चिम समाज बुसान दक्षिण कोरिया र नोक्सान नेपाली युवा परिवारको संयुक्त आयोजनामा मनाउन गइरहेको रङहरुको पर्व होलि बृहत् कार्यक्रम, देउडा कार्यक्रम र मैत्रीपुर्ण क्रीकेट कार्यक्रम समेत रहेको छ । उक्त कार्यक्रम मा बुसान वाशि सम्पुर्ण नेपालि दाजुभाइ तथा दिदिबहिनि हरु सहभागी भै भरपुर मनोरञ्जन लिन बुसान आसपास बसोबास गर्नुहुने सम्पुर्ण नेपाली हरुलाई आयोजकले अनुरोध गरेको छ ।
कार्यक्रम सम्वन्धि थप जानकारीका लागि नोक्सान नेपालि युवा परिवार अध्यक्ष प्रेम लामिछने, सुदुरपश्चिम समाज बुसान अध्यक्ष देवराज बडु र प्रवाशि नेपालि महिला समुह अध्यक्ष प्रतिमा आलेलाई सम्पर्क गर्न सकिने जनाईएको छ ।

Leave a Reply