आईपीएल : आकाश चोपडाले गरे खुलासा, ‘आज दिल्लीले सन्दिपलाई खेलाउछ’ (भिडियो)

आईपीएल : आकाश चोपडाले गरे खुलासा, ‘आज दिल्लीले सन्दिपलाई खेलाउछ’ (भिडियो)

विश्वकै चर्तित टि २० क्रिकेट लिग आईपीएलको १३ औँ संस्करण काेराेना भाइरसकाे कारण यूएईमा भइरहेको छ । लिग अन्तर्गत समूह चरणका सबै खेलि सकिएसँगै दोस्रो क्वालिफायर म्याचमा सन राइज हैदरावाद र दिल्ली क्यापिटल्स आमनेसामने हुँदैछन् ।

यसै क्रममा क्रिकेट विश्लेषक आकाश चोपडाले दिल्ली र हैदरावादबीचको खेलबारे सम्भाव्यताको बारेमा बोल्दै नेपाली लेग स्पिनिर सन्दीप लामिछानेलाई मौका दिनु पर्ने बताएका छन् । भारतीय पूर्वक्रिकेटर समेत रहेका चोपडाले दिल्लीले खेलाइरहेका विदेशी तिब्र गतिका बलर डेनियल साम्सकाे प्रदर्शन फितलाे भइरहेका बेला दिल्लीले सन्दीपलाई मौका दिनुपर्ने कुरा दोहोर्याएका छन् ।

चोपडाले  यसअघि पनि मुम्बईसंगको पहिलो क्वालिफायरमा पनि सन्दीपलाई मौका दिनुपर्ने बताएका थिए ।आकाशले उनको युटुब च्यानलमा एउटा भिडियो सार्वजनिक गर्दै दिल्लीको आईडल प्लेईङ ईलाभेन बताएका छन् जसमा सन्दिप लामिछाने समेत रहेका छन् । उनले सन्दिपको पहिलो खेल भएपनि स्पिनरलाई सहयोग गर्ने पिच भएकोले उत्कृष्ट प्रदर्शन गर्ने आशा राखेका छन् ।

मुम्बईसङ्ग पराजित दिल्ली हैदरावादको विजयी यात्रालाई रोकेर फाइनलमा पुग्न चाहन्छ भने हैदरावाद आफ्नो लयलाई कायम राख्ने दाउँमा हुनेछ । हैदरावादले एलमिनेटर खेलमा बेङ्लोरलाई ६ विकेटले पराजित गर्दै दिल्लीसँगको भेट पक्का गरेको थियो ।

सन्दीपको सम्भावना कति ?
जारी सिजनमा लिग चरणका १४ खेलसहित पहिलो क्वालिफायरको खेल सकिदा पनि सन्दीप लामिछानेले प्लेइङ्ग ११ मा स्थान पाएका छैनन् । दिल्लीले पछिल्लोसमय खेलाईरहेका बिदेशी खेलाडी डानियल साम्सको बलिंग महँगो साबित भइरहेको बेला सन्दीपलाई आजको खेल खेल्ने सम्भावना छ । यद्यपि सन्दीपले प्लेइंग ११ मा मौका पाउने बारे अझै अन्योल रहेको छ । टि २० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीपले १३ औं सिजनको आइपीएलमा भने मौका नै पाएका छैनन् जसले गर्दा उनका समर्थकहरु निराश भएका छन् ।

आकाश चोपडाको अनुसार दिल्लीको सम्भावित प्लेइङ-११ : शिखर धवन, पृथ्बी शा, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), सन्दीप लामिछाने, ऋषभ पन्त, मार्कस स्टोइनिस, अक्क्षर पटेल, कागिसो रबाडा, रविचन्द्रन आश्विन र एनरिक नोर्टजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *