भुवनहरिको ३५औँ कृति ‘लालस’ आउँदै

भुवनहरिको ३५औँ कृति ‘लालस’ आउँदै

काठमाडौँ, १८ कात्तिक : शास्त्रीय छन्दमा सहज, स्वच्छन्द र रसदार कविता कृतिका सर्जक भुवनहरि सिग्देलकोे नयाँ आख्यान कृति ‘लालस’ प्रकाशित हुने भएको छ । यसअघि प्रकाशित आमोई, सारङ्गी, रमिलानानी, जदौ मालिक, उर्मिला, रामदाइ र धनञ्जय आदि सिग्देलका निकै चर्चित उपन्यास हुन् । आख्यानको हिसाबमा `लालस´ उनको नवौँ र अहिलेसम्मको यो ३५ औँ कृति हो ।

विगत २५ वर्षदेखि निरन्तर साहित्य साधनामा लागिरहनुभएका सिग्देललाई उमेरले थकाएको छैन । सबैका झैँ उनका पनि होलान् घरघरायसी बन्धन र बाध्यता । तर उनी त्यसबाट पनि मुक्त छन् । मनपर्ने कथावस्तु भेटे भने एकै महिनामा आख्यान लेखिसक्ने उनको क्षमता अचम्मको छ ।

शास्त्रीय छन्दमा सहज, स्वच्छन्द र रसदार कविता लेख्नु भुवनहरि सिग्देलको मौलिक क्षमता हो । उनी ऐतिहासिक सन्दर्भ र तथ्यहरुका आधारमा जीवनीमूलक साहित्यको सिर्जना गर्न रुचाउँछन् । सिग्देलमा यथार्थपरक विषयको छनौट, केन्द्रीयस्तरमा स्वच्छन्दतावादी भावधारा र मावतावादी वैचारिकताको अभिव्यञ्जना गर्ने प्रकृति पाइन्छ ।

शिखा बुक्सले प्रकाशन गरेको उपन्यास ‘लालस’को पृष्ठ २८८ र मूल्य ४२५ रहेको छ । कृति यही कात्तिक २५ गतेबाट देशभरिका प्रमुख सहरहरुमा उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *