पश्चिम क्षेत्रको पर्यटन विकासमा विशेष कार्यक्रम ल्याउने पर्यटन मन्त्री पाण्डेको उद्घोष
 
						अछाम : संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले सुदूरपश्चिम र कर्णालीको पर्यटन बिकासका लागि मन्त्रालयले नयाँ काम थालेको बताएका छन्।
नेपाल प्रेस युनियन अछामले शुक्रबार साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पाण्डेले मन्त्रालयले १० वर्षीय कार्ययोजना निर्माण गर्न लागेको जानकारी दिए।
पश्चिम नेपालमा रहेका सास्कृतिक र प्राकृतिक गन्तब्यहरुलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न उक्त कार्ययोजनामा समेटिने मन्त्री पाण्डेले बताए। उनले पहाडी क्षेत्रका विमानस्थलहरुमा प्लेन चलाउन आवश्यक प्लेन थप्ने योजना पनि मन्त्रालय रहेको जानकारी दिए।
सातौं साँफेबगर महोत्सव उद्घाटनका लागि अछाम आएका मन्त्री पाण्डेले आजै खप्तड, बडिमालीका क्षेत्रको हेलीकोप्टरबाट अवलोकनसमेत गरेका छन्। मन्त्रीको साथमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीकपराज जोशी पनि छन्
 
                            
 
                        




