आइपिएलको मुख्य प्रायोजकबाट चिनियाँ भिभोले हात झिक्यो

आइपिएलको मुख्य प्रायोजकबाट चिनियाँ भिभोले हात झिक्यो

चिनियाँ मोबाइल कम्पनी भिभो इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजकबाट अलग भएको भारतीय सञ्चार माध्यमहरूले दाबी गरेका छन्।

सन् २०१५ मा दुई वर्षको प्रायोजन सम्झौता गरेपछि भिभोले सन् २०१७ मा पाँचको सम्झौता गरेको थियो। पाँच वर्षका लागि २ हजार १ सय ९९ करोड भारतीय रुपैयाँ सम्झौता भएको थियो। भिभोले यो सिजन ४ सय ४० करोड भारतीय रुपैयाँ दिने तय छ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार युएईमा हुने तय सिजनको आइपिएलका लागि भिभो मुख्य प्रायोजकबाट अलग हुन लागेको हो। सन् २०२१ देखि भिभो फेरी प्रायोजकमा फर्कने अनुमान छ।

आइपिएलले यसअघि प्रायोजकको विषयमा नियमक काउन्सिलको बैठकमा छलफल गरे पनि कुनै निर्णय गरेको थिएन।

गत असार पहिलो साता लद्दाखको गल्वान उपत्यकामा चिनियाँ सैनिकसँगको झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि चिनियाँ प्रायोजकको विषयमा रिभ्यू गर्नका लागि आइपिएलले बैठक बोलाएको थियो।

आफ्ना सैनिकको मृत्यु भएपछि भारतमा चिनियाँ सामान बहिष्कार अभियान चलिरहेको छ। कतिपयले आइपिएलको मुख्य प्रायोजकको विषयमा पनि प्रश्न उठाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *