शाओमीले ल्यायो पारदर्शी डिस्प्ले भएको टिभी

सडक मिडिया
कार्तिक २६, २०७५ ०८:४०:१८ • २८७०४ पटक पढिएको

चिनियाँ इलोक्ट्रोनिक्स निर्माता शाओमीले पारदर्शी डिस्प्ले भएको टिभी सार्वजनिक गरेको छ।
कम्पनीले आफ्नो १० औं वार्षिकोत्सवको अवसर उक्त टिभी सार्वजनिक गरेको हो। अहिलेका लागि चिनियाँ बजारमा मात्र उपलब्ध हुने यसलाई मी टीभी लक्सको पारदर्शी संस्करण नाम दिइएको छ।
चिनियाँ बजारमा अगष्ट १६ देखि यसको बिक्री हुने कम्पनीले जानकारी दिएको छ। शाओमीले यो मास प्रडक्सन भएको पारदर्शी टिभी संसारकै पहिलो भएको दाबी गरेको छ।
यो टिभी मी युआइ अपरेटिङ सिस्टममा चल्ने छ।