सुशान्तले लगाउने टिसर्टमा लुकेको रहस्य, अवस्य पढ्नुहोस्….

सुशान्तले लगाउने टिसर्टमा लुकेको रहस्य, अवस्य पढ्नुहोस्….

बरुण हरि रिजाल : सुशान्त सिंह राजपूतको निधनसँगै बलिउडले सामान्य कुरालाई पनि गहिरिएर हेर्ने एक सितारालाई गुमाइसकेको छ। सुशान्त आफ्नो फिलोसोफिकल धारणा वा भनौँ दूर दृष्टिकोणद्वारा पनि चिनिन्थे। उनी अनेकौँ संदेश र विचारले भरिएका टिसर्ट लगाउन एकदमै रुचाउँथे। उनका टिसर्टहरूमा कहिले हँसाउने कुराहरू त कहिले समाजसँग जोडिएका गहिरा कुराहरू लेखिएको देख्न पाइन्थ्यो।

अन्तर्मुखी स्वभावका सुशान्तको टिसर्टमा लेखिएका कुराहरू निकै गहिरा हुने गर्थे। यिनको टिसर्टमा `बाँचेको अथवा बाँच्नु´ लेखिएको देख्न सकिन्छ। सोसल मिडिया तथा नयाँ पिँढीमाझ `बाँच्नु´ भन्ने शब्दको धेरैजसो प्रयोग अन्तर्मुखी व्यक्तिहरूद्वारा गरिदैँ छ। प्रतीकात्मक रूपमा यस शब्दको प्रयोग अन्तर्मुखी व्यक्तिहरूले तब गर्छन् जब उनीहरू बाहिरी दुनियाँका अनेक चुनौतीहरूको सामना गर्दै कसै गरेर घरसम्म पुग्न सफल हुन्छन् । अन्तर्मुखी मानिसहरू अक्सर सामाजिक रूपमा धेरै घुलमिल हुन सक्दैनन् । सुशान्तले कतै भनेका थिए कि उनको व्यक्तित्व निकै अन्तर्मुखी प्रकारको भएकाले चलचित्रका माध्यमबाट आफूलाई अभिव्यक्त गर्ने प्रयास गर्दछ्न्।

उनका टिसर्टहरूमा `एक्लै सहज´ नामक शब्द पनि लेखिएको देख्न सकिन्छ। जसमार्फत उनले महिलाहरूलाई मेसेज दिँदै आफू आफैसँग निकै खुसी रहेको र आत्मविश्वास र लगनशीलताले एक्लै लक्ष्यमा पुग्न सकिन्छ भन्ने संदेशको अनुमान लगाउन सकिन्छ।

सुशान्तको यस टिसर्टप्रतिको लोकप्रियतालाई आलोचना पनि गरिएको छ। समाजको परिस्थितिसँग जुध्दै उनले पनि के कुरालाई स्वीकार गरिसकेका थिए भने सफलता भनेको मात्रै पैसा कमाउनु र चर्चित हुनु हो। तर जब उनले यी दुबै कुरालाई प्राप्त गर्न सफल भए तब उनलाई सफलता भनेको भौतिकवादी हुनु कदापि होइन भन्ने महसुस भयो। उनलाई ब्रह्माण्डसँग जोडिएका अनेक रहस्य तथा आध्यात्ममा पनि निकै दिलचस्पी थियो।

कुनै न कुनै रूपमा चर्चालाई लिएर सुशान्तको मिथक टुटेपछि उनका टिसर्टहरूमा यसै विद्रोही चेतनालाई देख्न सकिन्छ। आजभन्दा केही वर्ष पहिला हलिउड कलाकार जिम केरीले पनि लगभग यही कुरा बताएका थिए। उनकाअनुसार, सफलता भनेको भौतिक रूपमा सम्पन्न हुनु अथवा धन, सम्पत्ति, इज्जत मात्र कमाउनु होइन ।

माथिको तस्वीरमा सुशान्तको हातमा एउटा पुस्तक देख्न सकिन्छ। यस पुस्तकको नाम `ट्राइव अफ मेटर्स´ हो। उनी समाजको निम्ति धेरै काम गर्न चाहन्थे साथै नासामा १०० भारतीय बालबालिकालाई तालिम दिलाउन चाहन्थे। उनले आफ्ना अन्तर्वातामा यो पनि बताएका पनि थिए कि, उनी आफ्नो निजी जिन्दगीका धेरै समय किताबसँग बिताउँछन्। उनीसँग एस्ट्रोफिजिक्सका मात्रै १०० बढी पुस्तकहरू छन्।

सुशान्तको व्यक्तित्व कस्तो थियो भनेर उनले लगाउने टिसर्टहरूबाट पनि बुझ्न सकिन्छ । यस टिसर्टमा `Who are the rulers´ लेखिएको छ । उनी कहीँ न कहीँ आफ्नो युनिक अन्दाजमा `म बलिउडमा छानिनका निम्ति तयार छु´ भनिरहेका छन्। उनले यो पनि भनेका छन् कि आफूलाई उनले कलाकारका रूपमा धेरै ध्यान पनि दिने गर्दछन्। तथा उनले चलचित्रमा गरेका प्रस्तुतिहरू उनका निम्ति निकै महत्वपूर्ण हुने गर्दछन्। उनले यो पनि भनेका थिए कि अरुसँग प्रतिस्पर्धा गर्नमा उनी विश्वास राख्दैनन्, उनको लक्ष्य त केवल आफूलाई राम्रो बनाउनु हो। आजतकबाट अनूवाद

Leave a Reply