वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न

अछाम : बैधनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको    छ ।

समितिका अध्यक्ष खडक खड्काको अध्यक्षतामा बसेको बैठकले चालु आर्थिक वर्ष २०८०/८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार सार्वजनिक निर्माण सम्बन्धिको उल्लेखित कार्यक्रम हरु प्रचलित खरिद ऐन /नियमावली बमोजिम हुने गरि खरिद कार्य अगाडि बढाउने र उक्त कार्यको लागि साफेबगर नगरपालिका बाट प्राविधिक सहयोग माग गर्ने, मिति २०८० फागुन १० गते देखि २५ गतेसम्म संचालन हुने कोटि होममा बैधनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समितिले आवश्यक सहयोग गर्ने ,समितिको लेखा सम्बन्धि काम गर्नका लागि जनशक्ति नभएकोले लेखाको काम गर्न कोष तथा लेखा नियन्त्रक कार्यालय अछाम लाई अनुरोध गर्ने लगायतका निर्णय गरिएको छ । समितिमा आर्थिक वर्ष २०८०/८१ को चालुतर्फ १६ लाख ६४ हजार रकम रहेको छ भने पुजिगत तर्फ १६ लाख रकम रहेकोे छ । बैठकमा साफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुवर,प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेल ,चौरपाटी गाउँपालिका अध्यक्ष भिमबहादुर साउद ,डिभिजन बन कार्यालय अछामका प्रमुख जनक पाध्याय, राष्ट्रिय अनुसन्धान विभाग अछामका प्रमुख गोबिन्द पाण्डे ,सशस्त्र प्रहरी नायब उपरीक्षक धनसिंह धामी ,राष्ट्रिय समाचार समितीका प्रतिनिधि  सुशील भण्डारी लगायत सरोकारवालाको उपस्थित रहेको थियो । बैठकको संचालन  समितिका कार्यकारी अधिकृत भरत कुवरले गर्नुभएको थियो ।

Leave a Reply