जंगलघाटको तोकिएकै स्थानमा पक्की पुल बन्छ : प्रतिनिधि सभा सदस्य शाह

जंगलघाटको तोकिएकै स्थानमा पक्की पुल बन्छ : प्रतिनिधि सभा सदस्य शाह

सुशील भण्डारी ,अछाम : अछाम र सुर्खेत जिल्लाको सिमानामा पर्ने जंगलघाटमा ठेक्का लगाएको पुल निर्माणकार्य अगाडीबढ्ने भएको काम ।

बुधबार अछाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह र अछाम ,सुर्खेतका नागरिक बीच जङ्गलघाटमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य शाहले अब तोकिएकै स्थानमा पुल बन्ने नागरिकहरुका बीचमा प्रष्ट पारेका हुन् ।

कर्णाली-बाबियाचौर-जंगलगाट-तुर्माखाद-कमलबजार- गैरिटाड सडक यो बर्ष देशभरमा ९ वटा रणनीति सडकमा छनौट भए  ५ अरब १८ करोड बजेटको सुनिश्चितता भएको शाहले बताए ।

जंगलघाटमा ठेक्का लगाएको पुल निर्माणकार्य अगाडी बढाउन मन्त्री स्तरिय निर्णय भएको जानकारी गराउदै अब तोकिएको स्थानमा नै पुल बन्ने कुरा सुनिश्चित भएको समेत जानकारी    दिए । २०७८ साउन ८ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको पालामा लामा कन्स्ट्रक्सन संग सम्झौता भएको थियो ।

अछाम सुर्खेतको सिमाना बन्न लागेको बेतन कर्णाली हाइड्रोपावरले जङ्गलघाटमा बन्न लागेको पक्की पुल हाइड्रोपावरको कारणले डुबानमा पर्ने समस्या देखाउदै पुलको उचाइ बढाउनुपर्ने वा पुल अन्य निर्माण गर्नुपर्ने बताउदै आएको थियो । लामो समय देखिको अवरोध हटे संगै पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।

पन्चपुरी नगरपालिकाका  नगर प्रमुख लालबिर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा  सुर्खेतका विभिन्न तहका जनप्रतिनिधि,राजनीति दलका नेता कार्यकर्ता र सुर्खेत अछामका दुबै क्षेत्रका सर्बसाधारण नागरिकहरुको उपस्थिति रहेको थियो ।

यो बर्ष बाट दैलेख डुङेश्वर अछाम रहफ,दैलेख टुनिबगर अछाम कुनिगडा -अछाम सुर्खेत -अछाम डोटि जोड्ने पक्की पुल निर्माण प्रक्रिया पनि अघि बडदै छ । अछाम २ का माननीय पुष्प बहादुर शाह,अछाम १ का माननीय शेर बहादुर कुवर,सुर्खेत २ का माननीय हृदय राम थानी,डोटिका माननीय प्रेम आले र दैलेख २ का माननीय दिकपाल शाहीको पहलमा योजना अगाडि बढेका हुन् ।

जङ्गलघाट चिसापानी सडक खण्ड भएर २०२४ सालमा तत्कालीन पंचायती राजनितिका जनपक्षीय विकासवादी नेता स्व. हरीप्रसाद भण्डारीले पहिलो पटक अछाममा गाडी पुर्याएका थिए ।

सडक नै विकास र परिवर्तको मुख्य आधारसिला ठान्ने भण्डारीले पहाडमै पहिलोपटक २०२४ साल चैत्रमा मोटर भित्राएका थिए । तत्कालीन परिवेशमा अछाम पहाडमा सडक बनाएर गाडी कुदाउनु लाइ निकै आश्चर्य समेत मानिएको थियो । काठमांडौ मा पुग्दा तत्कालीन पञ्चायती नेता हरु ब्याक्ती गत स्वार्थमा सक्रिय रहने परम्पराको ठिक विपरित भण्डारीले अछामका लागी सडक र गाडी मागेका थिए । अछाम पाहाडलाइ राष्ट्रिय सडक सञ्जालमा जोडने सपना देख्ने भण्डारीले कर्णाली किनारको कोल्लीमोरा जंगलघाट हुदै तत्कालिन सरकारले दिएको रसियन जिप अछामको सदरमुकाम मंगलसैन सम्म पुरयाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *