ठाटिकाँधले गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडामै बितरण गर्दै

ठाटिकाँधले गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडामै बितरण गर्दै

दैलेख । ठाटिकाँध गाउँपालिकाले गाउँपालिकाकाे केन्द्रबाट टाढा रहेका वडाहरुमा वडा कार्यलय बाटै सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएकाे छ ।

बिगत लामाे समय पछिकाे प्रयास पछि गाउँपालिकाकाे केन्द्रमा रहेकाे कुमारि बैंक र गाउँपालिकाकाे समझदारिमा वडामै गएर सामाजिक सुरक्षा भत्ता बितरण गर्न लागेकाे गाउँपालिका कार्यक्रम संयाेजक भुपेन्द्र बहादुर शाहीले बताए । बैंककाे जारि सुचना अनुसार वडा नं ३ मा ५ गते वडा कार्यलयबाट , वडा नं ४ मा ६ गते वडा कार्यलयबाट , वडा नं ५ मा ७ गते वडा कार्यलयबाट तथा वडा नं १ मा ८ गते , वडा नं २ मा १० गते , वडा नं ६ मा ११ गते सम्बन्धित शाखा कार्यलयबाट सामाजिक सुरक्षा भत्ता बितरण गरिने उल्लेख गरेकाे छ ।

वडाबाट बैंकमा आई लिनुपर्ने झन्झट बाट मुक्त भएकाे र सहजै तरिकाबाट वडाका जनताहरुले सेवा लिने बैंकका शाखा प्रमुख जगत बहादुर थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *