निषेधाज्ञाको भोलिपल्टै धरान पुगेर शेखरले भने : देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न खोजिँदैछ

निषेधाज्ञाको भोलिपल्टै धरान पुगेर शेखरले भने : देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न खोजिँदैछ

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अस्थिरता चाहने तत्वहरूले देशलाई जातीय र धार्मिक द्वन्द्वमा धकेल्न कोसिस गरिरहेको बताएका छन् ।

‘देशमा साम्प्रदायिक द्वन्द्वको बीजारोपण गरेर सामाजिक-धार्मिक सद्‌भाव बिथोल्न खोजिँदैछ, त्याे हामी कदापि स्वीकार्न सक्दैनौँ,’ कोइरालाले भने ।

 

धार्मिक मुद्दाले पेचिलो बन्दै गएको धरान पुगेर नेता कोइरालाले हरेक भाषाभाषी र जातजातिलाई आफ्नो धर्म मान्न पाउने अधिकार संविधानले ग्यारेन्टी गरेको भन्दै धर्मका नाममा राजनीति गर्न नहुने बताए । उत्तेजना र बहकाउमा नलागी जातीय र धार्मिक सद्‌भाव कायम गर्दै संयमित हुन कोइरालाले धरानवासीमा आग्रह समेत गरे ।

धार्मिक र जातीय सहिष्णुतामै नेपाली समाज अडेको कोइरालाले प्रष्ट पारे ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं-१ ले सञ्चालन गरेको ‘ग्रिन एण्ड क्लिन धरान अभियान-२०८०’ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका नेता कोइरालाले यदि कुनै एक ठाउँबाट साम्प्रदायिक फैलिए त्यसको ज्वाला देशैभरि जाने खतरा रहेको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *