स्वामिकार्तिकमा काँग्रेसले अगाडी बढायो उम्मेद्धवार छनौट प्रक्रिया

स्वामिकार्तिकमा काँग्रेसले अगाडी बढायो उम्मेद्धवार छनौट प्रक्रिया

आगामि बैशाख ३१ मा हुने स्थानिय तहको चुनाबको मिती तोकिए संगै यति बेला राजनितीक पाटी र कार्यक्रताहरु विभिन्न राजनितीक एजेन्डा र चुनाबी नारा सहित नगारिको घरदैलोमा छन । अर्को तर्फ पाटीहरु आफ्ना उम्मेद्धवार छान्न ब्यस्त छन । यस्तै बाजुरा जिल्लाको उत्तरी क्षेत्रमा रहेको कर्णालि पारीको स्थानिय तह स्वामिकार्तिक खापर गाउपालिकाका लागि वडा देखि गाउपालिकाका अध्यक्षको उम्मेद्धवार छान्न काँग्रेसले गृहकार्य अगाडी बढाएको छ ।
नेपाली काँग्रेसको स्थानिय तह निर्वाचन केन्द्रीय परिचालन समितिले वडाको चैत्र २१ गते , गाउपालिका र नगरपालिकाको चैत्र २३ गते भित्र उम्मेद्धवारहरुको नाम माथिल्लो निकायमा पठाउन निर्देशन गरेपछि यतिबेला स्वामिकार्तिक खापर गाउपालिका का लागि वडा र गउपालिकाका उम्मेद्धार टुंग्याउन गृहकार्य काँगेसले अगाडी बढाएको हो । उम्मेद्धवार छनोटको क्रममा गाउपालिकाको वडा नम्बर ४ र वडा नम्बर २ मा वडा अध्यक्षको उम्मेद्धवार टुङ्ग्याउन काँग्रेस लाई सकस हुने देखिएको छ ।
यता गाउपालिकाको अध्यक्षका लागि उम्मेद्धवार छनोट गर्न पनि काँग्रेसलाई त्यति सजिलो देखिएको छैन । २०७४ सालको स्थानिय निर्वाचनमा लामो रसाक्सीका बिच अन्तिम समयमा उम्मेद्धवार छनोट गरेको काँग्रेसले यस पालि गाउपालिकाका उम्मेद्धवार छिटो छनोट गर्ने प्रक्रिया अगाडी बढाएको छ । गएको स्थानिय निर्वाचनमा काँग्रेस पराजय हुनुमा विभिन्न कारण मध्य उम्मेद्धार समयमै छनोट हुन नसक्नु प्रमुख कारण भएको निष्कर्ष निकालेको काँग्रेसले यस पटक समयमै सम्बन्धित निकायले उम्मेद्धवार छनोट गनु पर्नेमा स्थानिय नेता कार्यक्रताले दवाव दिन थालेका छन ।
कुनै एक समयमा स्वामिकार्तिक क्षेत्रमा अत्यन्त कम्जोर अवस्थामा हरेको काँग्रेस यतिबेला भने बजबुत अवस्थामा देखिएको छ । संगठन बलियो अबस्थामा रहेको र तत्कालिन नेकपा एमाले हाल विभाजित भएकाले गाउपालिकामा सजिलै चुबान काँग्रेसले जित्ने मनसायले काँग्रेस भित्र गाउपालिकाका अध्यक्षका लागि उम्मेद्धवार बढ्ने अनुमान गरिएको छ । केहि पुरान अनुहार र केहि नयाँ मौकामा चौका हान्न लागि परेका अनुहार बिच स्वामिकार्तिक खापर गाउपालिकाको अध्यक्षका लागि काँग्रेस पाटी भित्र मुख्य प्रतिस्प्रर्दा अन्तिम घडी सम्म हुने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *